Techie IT
  • २०८० फागुन ११, शुक्रबार

शेयरबजार १५ अङ्कले बढ्यो, कारोबार साढे तीन अर्ब रुपैयाँ माथीे


काठमाडौं । साताको दोश्रो दिन सोमबार शेयर बजार बढेको छ । यस दिन शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ३३ अङ्कले बढेर २ हजार एक सय १ दशमलव १६ विन्दुमा पुगेको छ । आज अन्य बाहेक अरु सबै समूहको शेयर उकालो लागेको छ ।

बोटलर्स नेपाल, समाज लघुवित्त, खुटेली बुखारी हाइड्रोपावर कम्पनी, चिरख्वा हाइड्रो र बलेफी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै एनआईसी एसिया ग्रोथ फण्ड–२ को शेयर झण्डै नौ प्रतिशतले घटेको छ ।

आज एक करोड एक लाख आठ हजार कित्ता शेयर तीन अर्ब ५८ करोड ६९ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको २३ करोड दुई लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

मौद्रिक नीतिको संमिक्षाको पूर्वसन्ध्या, बाणिज्य बैंकहरुको घट्दो ब्याजदर नै आज शेयरबजार बढ्नुको प्रमुख कारण रहेको सक्रिय लगानीकर्ताको भनाई छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट