Techie IT
  • २०८० फागुन ११, शुक्रबार

शेयर बजार साढे १० अङ्कले घट्याे


काठमाडौं । शेयर बजार हप्ताको पहिलो दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ५० अङ्कले घटेर दुई हजार ८५ दशमलव ८२ विन्दुमा झरेको छ ।

आज विकास बैंक, हाइड्रोपावर र म्युचल फन्ड बाहेक अरू समूहको शेयर घटेकोमा उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, व्यापार, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज एनआईसी एसिया ग्रोथ फन्ड–२ को शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन समाज लघुवित्त र कुथेली बुखारी हाइड्रोको शेयर १ प्रतिशतले बढेको छ ।

आज एक करोड पाँच लाख कित्ता शेयर चार अर्ब आठ करोड रुपैयाँमा कारोबार भयो । हिमालयन रिइन्सुरेन्सको ६२ करोड रुपैयाँको शेयर किनबेच भयो ।

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट