Techie IT
  • २०८० फागुन ११, शुक्रबार

व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्ब रुपैयाँको बजेट छुट्याउन सरकारलाई सुझाव


काठमाडौं । निर्यात व्यवसायीहरूले देशको व्यापार घाटा घटाउन पाँच वर्षमा १५ खर्ब रुपैयाँको बजेट छुट्याउन सरकारलाई सुझाव दिएका छन् ।

नेपाल हस्तकला महासङ्घले आयोजना गरेको कार्यक्रममा नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले सरकारले व्यापार घाटा घटाउनुपर्छ भन्दै आए पनि निर्यात बढाउन गर्नुपर्ने कार्यक्रमहरू भित्रि मनबाट नगरेको आरोप लगाए । अब व्यापार घाटा घटाउनका लागि पाँच वर्षमा १५ खर्ब रुपैयाँको बजेट छुट्याउन जरुरी रहेको बताए।

कार्यक्रममा हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले ४२ विधामा १२ अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामान ६० देशमा निर्यात भइरहे पनि सरकारले निर्यातलाई थप सहज बनाउन नसकेको बताए । निर्यात व्यवसायलाई थप सहज बनाउन आफूहरूले तीनै तहका सरकारमार्फत हस्तकला क्षेत्रका लागि नीति निर्माणको पहल गरिरहेको उनको भनाइ छ ।

देशभर झन्डै ११ लाख जनाले हस्तकला क्षेत्रमा व्यवसायी गर्दै आएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट