Techie IT
×
गृहपृष्ठअर्थसुन तोलाको ९१ हजार १ सय रुपैयाँ

सुन तोलाको ९१ हजार १ सय रुपैयाँ


काठमाण्डौ – सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । सुन आज तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको हो ।

हिजो सुन तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीले बताएका छन् । त्यस्तै चाँदीको भाउ तोलाको ९ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै छ । सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीले बताउँदै आएका छन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot


Leave a Reply

Your email address will not be published. Required fields are marked *


सम्बन्धित समाचार