Techie IT
  • २०८० फागुन ११, शुक्रबार

घट्यो सुनको भाउ, यस्तो छ आजको बजार मूल्य


काठमाण्डौं, २५ मंसिर । सुन चाँदीको भाउ आज घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ तोकेको छ । यो हिजोकोभन्दा पाँच  सय रुपैयाँले सस्तो हो ।

हिजो सुनको भाउ तोलामा एक लाख १७ हजार पाँच सय रुपैयाँ  थियो । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावले सुनको मूल्यमा पनि धेरै घटबढ भइरहेको छ । अघिल्लो हप्ता सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट