Techie IT
  • २०८० फागुन ११, शुक्रबार

ग्लाेबल आईएमईले एकैसाथ ४ वटा नयाँ शाखा सञ्चालनमा ल्यायाे


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंकाे काठमाडौंकाे बूढानीलकण्ठ नगरपालिका–५ बूढानीलकण्ठ, काठमाण्डाैकै चन्द्रागिरि नगरपालिका–१३ दहचोक, चितवनको भरतपुर महानगरपालिका–८ शरदपुर र तनहुँको आबुँखैरेनी गाउँपालिका–३ आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाहरूबाट आज आइतवारदेखि नै सम्पूर्ण बैंकिङ सेवा उपलब्ध भएकाे छ । ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३ सय ५५ शाखा, ३ सय ७६ एटीएम, २ सय ७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका देशबाट रेमिट्यान्स भित्र्याउँदै आएकाे छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट