Techie IT
  • २०८० फागुन ११, शुक्रबार

आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले घट्यो


फाइल तस्बिर ।

काठमाण्डौं, २४ मंसिर । अघिल्लो हप्ता रेकर्ड बनाएको सुनको भाउ आज घटेको छ । आज सुनको भाउ एक हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको छ । अस्ति, शुक्रवार सुनको भाउ तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ थियो।

अघिल्लो हप्ता सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसपछि भने भाउमा उतारचढाव आएको थियो ।

यस्तै, अहिल्लो हप्ता महँगो भएको चाँदीको भाउ पनि आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज चाँदीको भाउ तोलाको एक हजार ४ सय २५ रुपैयाँ तोकेको छ ।

अघिल्लो हप्ता चाँदीको भाउ तोलाको एक हजार ५ सय ४५ रुपैयाँसम्म पुगेको थियो । अस्ति शुक्रवार भने चाँदीको भाउ एक हजार ४ सय ६० रुपैयाँ थियो ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट