Techie IT
  • २०८० मंसिर २४, आइतबार

काठमाडौंमा तरकारीको भाउ सस्तियो


काठमाडौं । हरियो तरकारीको आपूर्ति बढेसँगै थोक बजारमा भाउ सस्तो भएको छ । पछिल्लो डेढ हप्तामा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारीको भाउ आधासम्म सस्तिएको छ ।

खुद्रा पसलहरुमा भने तरकारीको भाउमा धेरै फरक नपरेको उपभोक्ताहरुको गुनासो छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार कात्तिकको तेस्रो हप्तासम्म प्रतिकिलो ९० रुपैयाँ थोकमा कारोबार भएको स्थानीय काउली अहिले घटेर २०  रुपैयाँमा झरेको छ ।

रातो आलु प्रतिकिलो ९० रुपैयाँबाट घटेर ६० रुपैयाँमा झरेको छ । त्यस्तै, मुला, बन्दा, सागलगायतका तरकारीको भाउ सस्तिएको छ । कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले पछिल्लो २०–२२ दिनको बीचमा मौसमी तरकारीको भाउ धेरै सस्तो भएको बताए ।

कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको आगमन पुरानो लयमा फर्किएसँगै भाउ सस्तिएको बताए । समितिका अनुसार अहिले स्थानीय उत्पादन हुने भएकाले तरकारीको माग पनि कम हुने गर्छ ।

बजारमा स्वदेशी उत्पादित तरकारी धेरै भएकाले भारतबाट हरिया तरकारी कम परिमाणमा आएको छ । अहिले आलु, प्याज गोलभेँडा कागतीलगायतका तरकारी भारतबाट आइरहेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट