Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअर्थनेप्से ४.६९ अंकले बढ्यो, कारोबार रकममा फेरी नयाँ रेकर्ड बन्यो

नेप्से ४.६९ अंकले बढ्यो, कारोबार रकममा फेरी नयाँ रेकर्ड बन्यो


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ४.६९ अंकले बढेको छ । यस दिन कारोबार रकमले ७ अर्ब नजिक भएर फेरी नयाँ रेकर्ड कायम गरेको छ । त्यसैगरी बैंकिङ्ग समुह पनि चल्न थालेको छ । अन्य समूहमा लगानीकर्ताहरु प्रोफिट बुक गर्न सक्रिय रहँदा बैंकिङ्ग सेक्टर भने रोजाइमा परेको छ ।

यस दिन नेप्से सूचक ०.२६ प्रतिशत अर्थात ४.६९ अंकले बढेर १७८२.८१ विन्दुमा पुगेको छ। सेन्सेटिभ सूचक पनि २ अंकले बढेर ३४५.०७ विन्दुमा आइपुगेको छ। आइतबार २०१ वटा कम्पनीको १ करोड ५९ लाख कित्ता शेयर ६ अर्ब ८७ करोड रुपैयाँमा खरिद बिक्री भएर हालसम्मकै उच्च रेकर्ड कायम रह्यो ।

यसदिन कारोबारमा आएका १२ उपसमुहमध्ये बैंकिङ्ग, विकास बैंक र अन्य उपसमूहको सूचक बाहेक अन्य सबै उपसमुहको सूचक घटेका छन्।

आइतबार बजार खुलेदेखिनै खरिदविक्रीको माहौल देखिएको थियो । बजार खुलेको केहीबेरमा नै नेप्से १८ सय माथी पुगेर फेरी ऋणात्मक हुँदै अन्ततः सकरात्मक भएर बन्द भएको छ ।

यस दिन कारोबारमा आएका ९८ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ६२ वटाको बढेको छ। १२ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएको छैन ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!