Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअर्थसुनको भाउ बढ्यो, आज यतिमा हुँदैछ कारोबार

सुनको भाउ बढ्यो, आज यतिमा हुँदैछ कारोबार


काठमाडौं। केहिदिनयता घटिरहेको सुनको भाउ आइतबार भने सामान्य बढेको छ। यस दिन छापावाला सुन तोलाको तीन सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमै बढेकाले सुनको भाउ सामान्य वृद्धि भएको हो। गत शुक्रबार ४ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा भएको थियो। गत बुधबार प्रतितोला ९५ हजार १ सय रूपैयाँ प्रतितोला पुगेको सुन विस्तारै घटेको थियो।

चाँदीको मूल्य भने आइतबार स्थिर छ। गत शुक्रबार ५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो। आइतबार सोही मूल्यमा स्थिर छ। गत बुधबार १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी पनि मूल्यमा सामान्य गिरावटको अवस्थामा थियो।

कोभिड–१९ विरुद्ध भ्याक्सिन तयार भएको खबर बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव देखिएको छ। केही दिनदेखि घट्न थालेको सुनको मूल्य आइतबार ३.८ डलरले बढेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज बिहान सुन प्रतिऔंस १८७०.८२ डलरमा कारोबार भएको छ। यस्तै चाँदी प्रतिऔस २४.१६ डलरमा कारोबार भएको छ। गत शुक्रबार सुन प्रतिऔंस १८६७ .४२ डलर र चाँदी २४.१७ डलरमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!