म्याक्स मिडिया र बैंक सिइओहरुको विज्ञापनमा चलखेल

काठमाडौं । मिडियाले हरेक क्षेत्रको समस्या, रोचक जानकारी, अरुको पीडा उजागर गर्न सक्छ तर आफ्नै पीडा र पीडित भएको कुरा जानकारी गराउन गाह्रो हुन्छ । त्यति हुँदाहुँदै पनि आज मिडिया क्षेत्रको (विशेष गरेर साप्ताहिक) पीडा राख्ने कोसिस गरिएको छ । पाटन मित्रमार्गस्थित रहेको म्याक्स मिडियाले कसरी पीडा थपेको छ भन्ने कुरा उजागर गर्न खोजिएको छ ।
म्याक्स मिडियाले विज्ञापन प्रचारप्रसार गर्नको लागि कमभन्दा कम प्रतिशत लिई सम्बन्धित बिजनेस हाउससँग विज्ञापन प्राप्त गर्छ, यहाँसम्म ठीकै होला । अब आउँछ यहाँबाट मिडियालाई दिने विज्ञापनको रकम भाग लाग्न सुरु गर्छ । मिडियालाई दिइएको रकमको १५ प्रतिशत कर कट्टा गरी बाँकी रहेको रकमको ५० प्रतिशत रकम म्याक्स मिडिया आफैँले राख्छ, त्यसमा २५ प्रतिशत माक्स मिडियालाई र २५ प्रतिशत सिइओ अथवा प्रमुख (बैंकहरु, एनसेल) हरुलाई भाग लगाउने गरिन्छ । बाँकी रहेको ५० प्रतिशत रकममा २० प्रतिशत सम्बन्धित मिडिया र ३० प्रतिशत रकम म्याक्स मिडियासँग जसले दलाली गरेको छ, उसलाई भाग लगाइन्छ । जो आफ्नो लगानी गरेर पत्रपत्रिका निकालिरहेका छन्, तिनले २० प्रतिशतमा चित्त बुझाउनुपर्छ, जो म्याक्स मिडियामा गएर दलाली गर्छ, उसले ३० प्रतिशत कुम्ल्याउँछ । म्याक्स मिडियालाई सम्बन्धित बिजनेस हाउसले दिने प्रतिशत छुट्टै छ भने साना मिडियामा बाँडेको विज्ञापनबापत २५ प्रतिशत थप लिन्छ र २५ प्रतिशत सिइओ तथा प्रमुखहरुले राल चुहाउँछन् । त्यसमा पनि म्याक्स मिडियाका दिवस शाक्य (मोबाइल नं. ९८०१११०१६१) लाई चिनेको छ भने एकै व्यक्तिलाई ४०–५० वटा पत्रिकालाईसम्म दिइन्छ भने शाक्यलाई चिनेको छैन भने हामीलाई विज्ञापन दिने अख्तियारी छैन, जुन संस्थाको विज्ञापन हो, उसको प्रमुख तथा सिइओलाई भेटेर तोक लगाई ल्याउनुपर्छ भनेर तर्किन्छन् । उता बैंक तथा एनसेलको सिइओ तथा प्रमुखसँग माग गर्न गयो भने सर्वप्रथम भेट्न नदिने गर्छन् । यस्ता दलालीले फोनको भरमा सिइओ तथा प्रमुखहरुले तोक लगाउने गरेको पाइएको छ । दलालको चाकडी गर्नुपर्ने बाध्यता साना मिडियालाई यथावत् रहेको छ । यात साना मिडिया कुनैलाई पनि नदिनु यदि दिने हो यस्ता स्तरको मिडियालाई दिने भन्नु । दलाली गयो भने स्तर नहेरी जस्तालाई दिने, अरु गए स्तरको गफ दिएर पन्छाइने गरिन्छ । दलालीलाई दिइएको पत्रिकाको स्तरभन्दा राम्रो पत्रिका भए पनि त्यसले पाउन कठिन छ । म्याक्स मिडियाबाट साना मिडिया यहाँभन्दा पीडित कति हुनुपर्ला ?
बैंक भनेको सर्वसाधारण पैसाबाट चल्ने संस्थाको सिइओको मनपरि नेपालमा यस किसिमको पाइन्छ । अब ती सिइओहरुले यति सानो रकममा यत्रो घोटाला गर्छन् भने करोडौँ, अर्बौंं रकमको चलखेलमा के गर्छन् भन्ने कुरा सहजै अनुमान गर्न सकिन्न र ?
तपाईको प्रतिक्रिया दिनुहोस