Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअर्थनेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट


काठमाडौं, १३ कार्तिक । साताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट देखिएको छ । हिजो (बुधबार) उछाल आएको बैंकिङ्ग समूहमा कारोबारीहरुले प्रोफिट बुक गर्न खोज्दा दिनभर नेप्से सूचक दवाबमा रह्यो ।

बजार खुल्नुअघिनै बढेको बजारमा लगत्तै केही करेक्सन हुँदै फेरी सम्हालिन पुगेको थियो । यद्यपी बैकिङ्ग समूह ऋणात्मक रहँदा सूचक सकरात्मक हुन सकेन ।

बिहीबार नेप्से १.७८ अंकले घटेर १६४५.६७ अंकमा अडिएको छ । आज कारोबार रकम ३ अर्ब ३ करोड माथी रहेकोले भोलीका दिनहरुमा अझै नेप्सेमा सुधार हुने आंकलन गरिएको छ ।

यसदिन कारोबारमा आएका समूहहरु मध्ये बैंक, होटल, डेभलभमेन्ट बैंक, फाइनान्स, उत्पादन, म्युचुअल फण्ड बाहेकका समूह सकरात्मक रहँदा शिवश्री हाइड्रोपावरको सकरात्मक सर्किट लेभलमा कारोबार भयो भने नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयरबालाले ३.९७ प्रतिशतले गुमाए । यस्तै यसदिन सवैभन्दा बढी कारोबार हुनेमा प्राइम बैंक र प्रभु बैंक रहेका छन् ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!