रुसले डिजेल र पट्रोल निर्यातमा प्रतिबन्ध लगायो, फेरि बढ्न थाल्यो कच्चा तेलको भाउ

काठमाडौं । रुसले डिजेल र पेट्रोलको निर्यातमा प्रतिबन्ध लगाएको छ । रुसाले निर्यात प्रतिबन्ध लगाएपछि बिहीबार घटेको कच्चा तेलको भाउ शुक्रबार फेरि बढ्न सुरु गरेको छ । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड शुक्रबार प्रतिब्यारेल करिब ९४ डलर आसपासमा कारोबार भइरहेको छ ।
रुसले बिहीबार तेल निर्यातमा प्रतिबन्ध लगाएको घोषणा गर्ने बित्तिकै युरोपमा डिजेलको भाउ करिब ५५ ले बढेर प्रतिटन १ हजार १० डलर पुगेको छ । रुस विश्वको सबैभन्दा ठूलो डिजेल आपूर्तिकर्ता हो भने कच्चा तेलको प्रमुख उत्पादक राष्ट्र हो ।
पछिल्लो समय कच्चा तेलको भाउ निरन्तरजसो बढिरहेको समयमा निर्यात प्रतिबन्ध लगाएपछि रुसले तेललाई हतियार बनाउँदै पश्शिचमा आर्थिक प्रतिबन्धहरुको बदला लिएको विश्लेषकहरुले बताएका छन् ।
रुसले भने आन्तरिक बजारलाई स्थिर बनाउन भन्दै बेलारुस, अर्मेनिया, काजाकिस्तान र किर्गिस्तान बाहेक अन्य राष्ट्रहरुमा अस्थायीरुपमा पेट्रोल र डिजेल निर्यात रोकेको हो ।
रुसले हालैका महिनाहरुमा पेट्रोल र डिजेलको अभाव भोरिरहेको छ । यस्तै, आन्तरिक बजारमा थोक इन्धनको मूल्य बढेको पनि रोयटर्सले उल्लेख गरेको छ ।
रुसले साउदी अरेबियासँग मिलेर तेल उत्पादन कटौती गर्दै आएको छ । उत्पादन कटौतीका कारण गत जुनयता कच्चा तेलको भाउ ३०५ ले बढिसकेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस