Techie IT
  • २०८० मंसिर २४, आइतबार

भारतीय बैंकिङ प्रणालीमा गम्भीर तरलता संकट, लगानीयोग्य रकम ४ वर्षयताकै न्यून विन्दुमा


काठमाडौं । भारतीय बैंकिङ प्रणालीमा चरम तरलता अभाव देखा परेको छ । भारतीय बैंकिङ प्रणालीको तरलता सेप्टेम्बर १८ मा १४ खर्ब ७० अर्ब भारतय रुपैयाँ (भारु) कम रहेको रोयटर्सले उल्लेख गरेको छ । 

भारतमा लगानीयोग्य रकम सन् २०१९ यताकै सबैभन्दा न्यून विन्दुमा झरेको हो । लगानीयोग्य रकम अभाव भएपछि भारतीय बैंकहरुले केन्द्रीय ‘बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ मार्फत १९ खर्ब ७० अर्ब रुपैयाँ कर्जा सुविधा लिएका छन् । भारतका कर्पोरेटहरुले गत साता अग्रीम कर भुक्तानी गरेका थिए । यस्तै,वस्तु तथा सेवा कर (जीएसटी) भुक्तानी गर्नुपर्ने समय बुधबार रहेको थियो ।

 यी दुवै कारणले बैंकिङ प्रणालीबाट करिब २५ खर्ब भारु बाहिरिएको बैंकरहरुले अनुमान गरेका छन् ।भारतले अनिवार्य नगद अनुपात (सीआरआर) को सीमा बढाउँदा बैंकहरुको ठूलो रकम होल्ड भएर बसेको छ । यही समयमा अग्रीम कर र जीएसटी भुक्तानीका लागि ठूलो रकम बाहिरिएपछि तरलतामा गम्भीर दबाब परेको हो । 

यता, डलरको तुलनामा भारतीय रुपैयाँ अवमूल्यनमा परिरहेको छ । आरबीआईले मुद्रा अवमूल्यन रोक्न विनिमय बजारमा हस्तक्षेप गरेका कारण पनि तलरता संकट झन् गहिरिएको आइडीएफसी फर्स्ट बैंकका अर्थशास्त्री गौर सेन गुप्ताले बताएका छन् । यता, तरलतामा असर पर्न थालेपछि आरबीआईले बढाएको सीआरआरको सीमा तल झार्ने तयारी गरेको छ ।

आरबीआईले अतिरिक्त सीआरआर अन्तर्गतको २५ प्रतिशत रकम सेप्टेम्बर ३० मा र बाँकी ५० प्रतिशत रकम अक्टोबरमा निष्कासन गर्ने भएको छ । तरलता अभावका कारण भारतमा ओभरनाइट रेट बढेको छ । आगामी महिनादेखि सरकारी खर्च बढेर तरलता दबाब केही कम भएपनि भारतले सन् २०२३ भर न्यून तरलताको अवस्था सामना गर्नुपर्ने देखिएको छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट