Techie IT
  • २०८० मंसिर २५, सोमबार

रसुवागढी नाकाबाट दुई महिनामै ५ अर्ब बढी राजस्व उठ्यो


रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामा असुली गरेको भन्सार राजस्व सार्वजनिक गरेको छ।

नेपाली बजारका लागि चीनबाट तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, बच्चाको खेलौना, विद्युतीय सामग्री, मोटरका स्पेयरपार्ट्स, विद्युतीय मोटर कारसमेतका साना ठूला सवारी साधन, हाइड्रोपावरका सामग्री, मेसिनरी उपकरणका पार्टपुर्जा, थर्मस, स्याउ, ओखर, लसुन, अदुवालगायतका आयात सामग्रीको शुल्कबापतबाट  राजस्व वृद्धि भएको हो।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार साउन तथा भदौ महिनामा केरुङ हुँदै रसुवागढी नाकाबाट नेपालमा आयात भएका चिनियाँ सामग्रीको नियमानुसार भन्सार शुल्कबापत ५ अर्ब १३ करोड ९९ लाख ३० हजार रुपैयाँ असुली गरी सो रकम राजस्व खातामा दाखिला गरिएको हो।

साउन भदौको असुली लक्ष्य एक अर्ब चार करोड ४१ लाख २१ हजार भएकोमा पछिल्लो समय व्यवसायीले आयात परिमाण बढाएको र निर्देशिकाको मर्मअनुसार मालवस्तुको गुणस्तरका आधारमा मूल्यांकन भएका कारण भन्सार शुल्कबापतको राजस्व वृद्धि भएको जनाइएको छ।

गत आर्थिक वर्ष २०७९/८० को साउन तथा भदौ महिनाको तुलना गर्दा यस चालु आर्थिक वर्षमा उल्लेखनीयरूपले राजस्व वृद्धि भएको हो। चालु आर्थिक वर्षको साउन र भदौ महिनामा लक्षित गरिएको अनुमानभन्दा २०९ प्रतिशतले असुलीमा वृद्धि भएको हो।

व्यवसायीले मालसामग्री भन्सार हातामा भित्र्याए प्राथमिकताका आधारमा छिटोभन्दा छिटोजाँचपास गर्ने व्यवस्था मिलाइएको भन्सार अधिकारीले बताएका छन्।

यस्तै नेपाली व्यवसायीले झिकाएको करिब ५०० चिनियाँ विद्युतीय कार भने क्रमिकरूपमा भन्सार छुटाई काठमाडौं लाने कार्य धमाधम अगाडि बढिरहेको बताइएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट