सुनको मूल्य घट्यो

काठमाडौं, ३ असोज । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।आज सुन तोलामा एक लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलामा एक लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस