Techie IT
  • २०८० असोज ७, आइतबार

ब्रोइलर कुखुराको मासु फेरि बढ्याे, कति पुग्याे ?


ब्रोइलर कुखुराको मासु फेरि बढ्ने भएको छ । जिउँदो ब्रोइलर कुखुराको मूल्य बढेपछि मासुको मूल्य पनि महंगिने भएको हो ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको छ ।

बैठकले जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य प्रतिकिलो १० रुपैयाँले बढाउने निर्णय गरेको हो। अब जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ कायम रहेको छ ।

पछिल्लो ८ दिनमा जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य तेस्रो पटक बढेको छ । भदौ २५ मा कुखराको एक किलोको मूल्य २६० रुपैयाँ रहेको थियो । भदौ २७ मा फेरि प्रतिकिलो १० रुपैयाँले बढेर २७० रुपैयाँ पुगेको थियो । यसैगरी, ६ दिनपछि नै संघले ब्रोइलर कुखुराको मूल्य १० रुपैयाँ महंगाएको हो ।

यसरी, जिउँदो कुखुराको मूल्य बढेसँगै तयारी मासु पनि प्रतिकिलो १५ रुपैयाँले बढ्नेछ । अब ब्रोइलर कुखुराको मासुको मूल्य बढेर ३९० रुपैयाँदेखि ४१५ रुपैयाँसम्म पुग्नेछ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट