सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं, ३१ भदौ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १२ हजार ३०० रुपैयाँ कायम भएको हो।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ७५० रुपैयाँ निर्धारण भएको छ। यसअघि, शुक्रबार छापावाल सुन १ लाख ११ हजार ८०० रुपैयाँ कायम रहेको थियो।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार २५० रुपैयाँ निर्धारण भएको थियो। आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस