टाटा जेनुइन पार्ट्स र आयलका रिटेलर्सलाई नबिल बैंकले धितोबिना फाइनान्स सुविधा दिने

काठमाडौं। नबिल बैंकले टाटाका जेनुइन पार्टपुर्जा र टाटा मोटर्स जेनुइन आयलका खुद्रा बिक्रेतालाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ।
टाटा जेनुइन पार्ट्स र टाटा मोटर्स जेनुइन आयलको आधिकारिक बिक्रेता सिप्रदी अटो पार्ट्स र नबिल बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौता पत्रमा सिप्रदी अटोपार्ट्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार नबिल बैंकले सिप्रदी अटोपार्ट्सका खुद्रा बिक्रेतालाई धितोबिना नै फाइनान्स सुविधा उपलब्ध गराउनेछ। सम्झौतामा हस्ताक्षरका क्रममा टाटाका जेनुइन पार्टपुर्जा र टाटा मोटर्स जेनुइन आयलका काठमाडौं उपत्यकास्थित खुद्रा बिक्रेताको पनि उपस्थिति थियो।
तपाईको प्रतिक्रिया दिनुहोस