Techie IT
×
गृहपृष्ठअर्थसिन्धुलीमा खुल्यो करदाता सेवा कार्यालय

सिन्धुलीमा खुल्यो करदाता सेवा कार्यालय


सिन्धुली, ५ कात्तिक । सिन्धुलीमाढीमा स्थापना भएको करदाता सेवा कार्यालयले मङ्गलबारदेखि सेवा शुभारम्भ गरेको छ ।

करदाता सेवा कार्यालयले जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयलाई स्थायी लेखा नम्बर (प्यान) दिएर सेवा शुभारम्भ गरेको हो । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले करदाता सेवा कार्यालयको उद्घाटन गर्दै जिल्लाका करदाता सेवाग्राहीलाई सरल तरिकाले सेवा दिनुपर्ने बताए ।

करदाता कार्यालय सिन्धुलीका प्रमुख (कर अधिकृत) चन्द्र दाहालले कार्यालयमा एक जना कर अधिकृत, दुई जना नायब सुब्बा, एक जना सुपरभाइजर, एक जना चालक र एक जना कार्यालय सहयोगीको दरबन्दी रहेको जानकारी दिए ।


क्याटेगोरी : अर्थ, बाग्मती प्रदेश