Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअर्थलगानीकर्ता फेस्टिभ मुडमा, नेप्से घट्यो

लगानीकर्ता फेस्टिभ मुडमा, नेप्से घट्यो


काठमाडौं । शेयर बजारमा लगानीकर्ताहरु फेस्टिभ मुडमा देखिएको छन् । दसैंतिहार लगायतका ठूला चाडपर्व नजिकिंदै जाँदा लगानीकर्ता ‘फेस्टिभ मुड’मा देखिएका छन् । शेयर कारोबार रकम औसतमा कम देखिँदा सूचक पनि घटेको छ । दसैं लगायतका मुख्य चाडवाडका लागि खर्च जोहो गर्दा त्यस्को प्रत्यक्ष असर शेयरबजारमा देखिएको छ ।

आइतबार नेप्से सूचक ५.६६ अंकले घटेर १५५६.८० विन्दुमा अडिएको छ । १८७ कम्पनीको १ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४३ लाख ५२ हजार कित्ताभन्दा बढी सेयर कारोबार भएको छ । २ वटा बाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ३१.५८ अंकले बढेको छ । वाणिज्य बैंक समूह भने ६।०२ अंकले घटेको छ ।

जनरल इन्सुरेन्स कम्पनीको भाउ सबैभन्दा बढी ९.७८ प्रतिशतले बढेको छ । दोस्रोमा आइसीएफसी फाइनान्सको भाउ पनि ५.२६प्रतिशतले बढोत्तरी भएको छ । सबैभन्दा धेरै रैराङ हाइड्रोपावरको भाउ ७.५४ प्रतिशतले घटेको छ । खरिदबिक्री रकममा हिमालयन बैंकको संस्थापक सेयरले अग्रता लिएको छ । यसको २४ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस