Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअर्थहोटेल पोखरा बाटिकाले ल्यायो चाडपर्व लक्षित धमाकेदार अफर

होटेल पोखरा बाटिकाले ल्यायो चाडपर्व लक्षित धमाकेदार अफर


काठमाडौं, १ कात्तिक । पोखराको लेकसाइमा अवस्थित होटेल पोखरा बाटिकाले ठूला चाडपर्बहरुलाई लक्षित गर्दै नयाँ प्याकेज अफरको घोषणा गरेको छ । सो प्याकेज घटस्थापनाको दिनदेखि दुई महिनासम्म मान्यता रहने होटेल व्यवस्थापन पक्षले जनाएको छ ।

नयाँ प्याकेज अनुसार नेपाली ग्राहकले एक रातको चार हजार दुई सय २२ रुपैयाँ तिर्नु पर्ने छ । सो मुल्यमा दुई जनाले होटेलमा बस्नुका अलावा एक घण्टासम्म फेवा तालमा डुंगा सयर गर्न पनि पाउने छन् ।

त्यसैगरी एकल पाहुनाका लागि प्रतिव्यक्ति तीन हजार एक सय ११ र तीन जनाले एक कोठा प्रयोग गरेबापत पाँच हजार तीन सय सय ३३ रुपैयाँ कायम गरिएको होटेलका बिक्री तथा बजार प्रबन्धक अमृत ढकालले जानकारी दिए ।

त्यसैगरी पाहुनाको आगमनलाई सहज बनाउन पोखरा विमानस्थल तथा पर्यटन बसपार्कबाट होटेलसम्म निःशुल्क सबारी साधनको व्यवस्था पनि रहेको जनाइएको छ । होटेलमा बसेका पाहुनाले खाना तथा पेय पदार्थ प्रयोग गरेबापत २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको होटेलका बिक्रि तथा बजार प्रबन्धक अमृत ढकालले जानकारी दिए ।

तीन वर्ष अघि आधुनिक संरचनामा निर्माण भएको होटेलमा उच्च स्तरीय सेवा सुबिधा समेत रहेको छ । होटेलको प्रत्येक कोठामा नीजि कौसी रहेकाले हिमाल तथा फेवा तालको सुन्दर दृश्यसमेत अबलोकन गर्न सकिने बिक्रि तथा बजार प्रबन्धक अमृत ढकालले बताए । निःशुल्क पार्किङको व्यवस्था भएको होटेलमा एकसय जनासम्मको लागि आधुनिक सम्मेलन हल, रेस्टुरेन्ट तथा मास्टर सेफले तयार गरेको खानामा रमाउन सकिने जनाइएको छ ।


क्याटेगोरी : अर्थ, पर्यटन, गण्डकी प्रदेश
ट्याग : #batika, #pokhara

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार