सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाण्डौं, १२ जेठ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । आज तोलामा सुन एक लाख आठ हजार आड सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा एक लाख नौ हजार आठ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #gold, #hot
प्रतिक्रिया