Techie IT
×
गृहपृष्ठअर्थआजबाट सुनको मुल्य तोकियो, तोलाको ८७ हजार ४ सय पुग्यो

आजबाट सुनको मुल्य तोकियो, तोलाको ८७ हजार ४ सय पुग्यो


नेपाल सुनचाँदी ब्यवसायी महासंघले आजबाट सुनचाँदीको दरभाउ निर्धारण गरेको छ ।  लकडाउन अघि चैत १० गते तोलाको ७७ हजार ७ सय रहेकोमा लकडाउन शुरु भए  लगत्तै दरभाउ निर्धारण स्थगित गरिएको थियो ।

जेठ २५ गते आइतबार सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैंया कायम गरिएको छ । लकडाउन अघि चैत १० गतेको दरभाउ भन्दा प्रतितोला ९ हजार ७ सयले बढी हो । यसैगरी चाँदीको भाउ प्रतितोला ९२५ निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । आज निर्धारण गरिएको सुनको भाउ अहिलेसम्मकै उच्च हो ।

चैत्र १० गतेदेखि स्थागित गरिएको सुनचाँदीको दरभाउ निर्धारण पुनः जेठ २५ गतेदेखि सुचारु भएको हो । लामो समयपछि दरभाउ निर्धारण गरिएको हुँदा उक्त समयमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य उच्च रुपमा बृद्धि भएको र नेपाल सरकारले भन्सार महशुल समेत बढाएको कारणले भाउ उच्च देखिएको हो । कोरोना भाइरस संक्रमणको कारण विश्वबजार नै प्रभावित रहेकोले लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुँदा सुनको भाउ बढ्दै गएको छ ।

पछिल्लो समयमा लकडाउनको मोडालिटी परिवर्तन हुँदै गइरहेकोले नेपाल सरकारले विभिन्न जिल्ला प्रशासन कार्यालय, स्थानीय निकायहरु र  उद्योगी÷ब्यवसायीको संयुक्त सहमतिमा केहि घण्टाको लागि ब्यवसाय संचालन गर्न पाउने ब्यवस्था गरे अनुसार जेठ २५ गतेदेखि पुनः दरभाउ निर्धारण गरिएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यसअघि नेपाल रत्न तथा आभूषण महासंघले सुनको दरभाउ जानकारीको लागि भनेर निकालेपनि उक्त दरभाउ आधिकारीक भने होइन ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस