Techie IT
×
गृहपृष्ठअर्थअसार ४ गतेसम्म धितोपत्र कारोबार स्थगन

असार ४ गतेसम्म धितोपत्र कारोबार स्थगन


काठमाडौँ, २ असार । असार सरकारले सोमबारदेखि बन्दाबन्दी खुकुलो गर्दै सबै सरकारी कार्यालयलाई पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरे पनि नेपाल स्टक एक्सचेन्जले भने असार ४ गतेसम्म धितोपत्रको कारोबार स्थगन गर्ने निर्णय गरेको छ ।

नेप्सेले धितोपत्र बोर्डको निर्देशनअनुसार कारोबार स्थगन गर्ने कार्यलाई निरन्तरता दिएको उपप्रबन्धक प्रवीण पन्दाकले स्पष्ट पारे ।
धितोपत्र बोर्डले भने धितोपत्रका बजारको दोस्रो कारोबार केकसरी सुरक्षित रूपमा सञ्चालन गर्न सकिने व्यवस्था गर्न सकिन्छ भनी नेप्सेसँग सुझाव मागिएको जनाएको छ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने आगामी साताबाट कारोबार गर्ने गरी तयारी गर्न नेप्सेलाई निर्देशन दिइएको छ ।

गत चैत ११ गते बन्दाबन्दी सुरु भएसँगै बन्द भएको कारोबार दुई महिनापछि दुई दिन खुला गर्दा अप्रत्याशित रूपका कारोबार घटेको र कारोबारी भोलुम अत्यन्तै न्यून भएका कारण बन्द गरिएको थियो ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया दिनुहोस