Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’बाट सम्मानित


काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२२’बाट सम्मानित भएको छ।

भारतको गोवामा शनिबार भएको एक कार्यक्रमबीच बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट हुँदै अवार्ड जितेको हो । सो अवार्ड शाइन रेसुंगा डेभलपमेन्ट बैंकका ब्रान्डिङ हेड प्रभास राईले ग्रहण गरेका थिए।

इन्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुला प्रतिस्पर्धामा भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र नेपाल गरी ६ देशका बैंक तथा वित्तीय संस्थाले अवार्डका आवेदन दिएका थिए । इन्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी, सञ्चालन खर्च, करपछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानीलगायतका सूचकमा उत्कृष्ट भएको हो।

अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त प्राइसवाटरहाउस कुप (पीडब्ल्यूसी) अवार्ड छनौटको निर्णायकमा थियो।

स्थापनाकालदेखि नै इथिकल बैंकिङको मूल्य मान्यतामा अगाडि बढेकाले अहिले इमर्जिङ एशिया बैंकिङ अवार्ड प्राप्त गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए। ‘यससबाट बैंकको उचाइ थप माथि पुगेको छ’, उनले भने, ‘यो अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक, कर्मचारी र सेवाग्राही सबैको योगदान र साथ रहेको छ।’

बैंकले गत वर्ष न्यु बिजनेस एज प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो।

बैंक बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एकमात्र राष्ट्रियस्तरको विकास बैंक शाइन रेसुंगाले हाल बैंक देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।  

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट