Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअर्थनेप्से ५.३६ अंकले बढ्यो, होटल र हाइड्रोमा आकर्षण

नेप्से ५.३६ अंकले बढ्यो, होटल र हाइड्रोमा आकर्षण


काठमाडौं, ३१ भदौ । बुधबार शेयरबजार परिसूचक नेप्से ५.३६ अंकले बढेको छ । बुधबार लगानीकर्ताहरु होटल र जलविद्युतको शेयरमा झुम्मिएका छन् । लगानीकर्ताको आकर्षण बढ्दा दुबै उपसमूहको सूचक उच्च दरले बढेको छ। होटल उपसमहको सूचक सबैभन्दा धेरै ९.०४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको सूचक ४.७१ प्रतिशतले बढेको छ।

बैंकिंग उपसमुह भने ०.३७ प्रतिशतले घटेको छ।बैंकिङ्गमा खासै आकर्षण नदेखिएपनि सस्तो शेयरमूल्य भएका हाइड्रोपावर कम्पनीहरुमा भने पछिल्ला दिन लगानीकर्ताको आकर्षण बढ्दै गएको छ।

बुधबार सिनर्जी पावर, घलेम्दी हाइड्रोपावर र बरुण हाइड्रोपावरको को शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। त्यस्तै, एनआरएन लघुवित्तको ९.९६ प्रतिशत, रिलायन्स लाइफ इन्स्योरेन्सको ९.८९ प्रतिशत, युनाइटेड मोदि हाइड्रोपावरको ९.८४ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ९.८२ प्रतिशत र सोल्टी होटलको ९.७६ प्रतिशतले बढेको छ। होटल समूहको तीनवटै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, एनआइसी एशिया ब्यालेन्स फण्डको इकाइमूल्य सबैभन्दा धेरै ३.८७ प्रतिशतले घटेको छ भने लक्ष्मी इक्वीटि फण्डको ३.७१ प्रतिशतले घटेको छ।

बुधबार नेपाल पूनर्बीमा कम्पनीको सबैभन्दा धेरै ९ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ
यस दिन नेप्से सूचक ५.३६ अंकले बढेर १ हजार ५४१ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक ०.८३ अंकले मात्र बढेको छ। बुधबार १९४ वटा कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता शेयर १ अर्ब ८४ करोड रुपैयाँमा खरिद बिक्री भएको छ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार