Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअर्थग्राहक बनेर प्याज किन्दा मन्त्री नै ठगिएपछि…

ग्राहक बनेर प्याज किन्दा मन्त्री नै ठगिएपछि…


काठमाण्डौ, ३१ भदौ । भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि प्याजको भाउ बढेको छ । दुई, चार रुपैयाँ भाउ तलमाथि हुनु त सामान्य कुरा हो तर रातारात ८० रुपैयाँसम्म भाउ बढेपछि सरकारले अनुगमन तीव्र बनाएको छ ।

अनुगमनको लागि बुधबार बिहान उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट ग्राहकको भेषमा सुरक्षाकर्मी र सरकारी गाडी विना नै बजार अनुगमनमा निस्किए ।

मास्क लगाएर भिडभाड विना नै बजारमा प्याज किन्न पुगेका मन्त्री भट्टलाई व्यापारीले ठगे । बल्खु तरकारी बजारमा मन्त्री भट्टले प्याज किने । ४८ रुपैयाँ पर्ने प्याजलाई व्यापारीले एक सय २० रुपैयाँसम्म लिए । मन्त्री भट्टले खल्तीबाट झिकेर पैसा तिरे । उनले चार वटा पसलबाट प्याज किने तर सबै व्यापारीले ठगे ।

आफू ठगिएपछि मन्त्री भट्टले तत्कालै स्थानीय प्रशासनलाई जानकारी गराए र बढी मूल्य लिने व्यापारीलाई कारबाही गर्न निर्देशन दिए । धेरै मूल्य लिने चार जना व्यापारलाई प्रहरीले पक्राउ गरेर कालीमाटी वृत्तमा लगेको छ । उनीहरुलाई कालोबजारी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अर्थ, बाग्मती प्रदेश
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस