Techie IT
×
गृहपृष्ठकृषिगोविन्दे हात्तीको आत‌ंक, निकुन्ज मुकदर्शक

गोविन्दे हात्तीको आत‌ंक, निकुन्ज मुकदर्शक


विकास पाठक, चितवन ।

‘जो होचो उसको मुखमा घोचो’ भन्ने उखान हाल चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र केरुङ्गा उपभोक्ता समिति अन्तर्गतका किसानहरुलाइ भएको छ। कोरोना कहरले गर्दा अलिअलि उत्पादन भएका बस्तुको बजार भाउ नपाउने त छदैछ बल्लबल्ल खनजोत गरी लगाएको बाली पनि निकुन्जका हात्ती आएर नोक्सान गरेपछि किसानहरु थप मर्कामा परेका छन्।

बिगत २५ वर्षदेखि राप्तिदुन मध्यवर्ती सामुदायिक वनमा अध्यक्ष रहदै आएका रविलाल भण्डारीका अनुसार निकुञ्जसँग हात्ती नियन्त्रणका लागि माग गर्दा ओठे जवाफ फर्काएको बताउँछन् । ‘लगातार एक हप्तादेखि नोक्सान गरेको गर्यै छ। लौन हात्ती नियन्त्रण गरिदिनु पर्यो भन्दा भैंसी हो र बाँधेर राख्नु भनेर ओठे जवाफ दिएको’ भन्दै ‘कोसँग गुहार माग्ने अब त थाहै भएन’ उनले बताए। निकुञ्जबाट आएको गोबिन्दे नामको हात्ती भएको र बिगत एक हप्तादेखि स्थानीय यमुना चापागाईंको धान बाली, कृष्ण बहादुर गुरुङको धान बाली र कृषि मोटर, इन्द्रबहादुर सुनार लगायत अन्य आठ जनाको बाली करिव एक बिघा जति नोक्सान गरेको स्थानीय बताउँछन् ।


‘कोरोनाले गर्दा बाहिर भाग्न पनि पाइदैन भित्र बस्दा कता हात्तीले घर भत्काएर मार्ने हो लकडाउनले गर्दा ज्याला मजदुरी पनि पाएको छैन । पाँच कट्ठा जग्गामा धान लगाएको थिएँ दुई दिन लाइनमा बसेर बल्लबल्ल दुई केजी मल पाएको थिएँ, त्यो पनि हात्तीले नोक्सान गरिदियो अब बालबच्चा कसरी पाल्ने ?’ अर्का एक पीडितले भने ।

केरुङ्गा उपभोक्ता समितिका कार्यालय सचिवका अनुसार गत वर्ष पनि उक्त हात्तीको कारण दुई घर, एक गोदाम र करिब एक बिघा जग्गामा नोक्सान भएको थियो ।

बन्यजन्तु क्षति राहत निर्देशिका दोस्रो संसोधन २०७४ अनुसार हात्तीद्वारा बाली क्षति भएमा बालीको मूल्यांकन गरी अधिकतम १० हजारसम्म दिने ब्यवस्था गरिएको छ ।


क्याटेगोरी : कृषि


प्रतिक्रिया दिनुहोस