Techie IT
×
गृहपृष्ठकृषिबिचौलियासँग बहकिएको कृषि क्षेत्र

बिचौलियासँग बहकिएको कृषि क्षेत्र


गत चैत्र ११ गते देखि जेठ २१ गतेसम्ममा कुल १० हप्तामा औसत खाद्यान्न ६.९ प्रतिशतले, दाल तथा गेडागुडी १४.७ प्रतिशतले, तरकारी ४.० प्रतिशतले, फलफूल ३८.१ प्रतिशतले, दुग्धजन्य पदार्थ २,६५८.४ प्रतिशतले र औषधि ४४.२ प्रतिशतले आयात वृद्धि भएको छ । लकडाउनको अबधिमा मात्र कुल ८६ हजार २ सय ९४ मेट्रिक टन तरकारी र ३४ हजार ६ सय ९५ मेट्रिकटन फलफूल आयात भएको छ । लकडाउन शुरु भएको पहिलो हप्ता ६ हजार २ सय ८९ मेट्रिकटन तरकारी र ८ सय ७३ मेट्रिकटन मात्र फलफूल आयात भएकोमा १० हप्तासम्ममा उक्त परिमाणमा फलफूल तथा तरकारी आयात भएको हो । त्यसैगरी चैत ११ गतेदेखि जेठ २१ गते सम्मको १० हप्ताको तथ्याङ्कमा सबैभन्दा बढी चौथो हप्तामा झण्डै ११ हजार मेट्रिकटन, १० हजार ९ सय १६ मेट्रिकटन दुग्धजन्य पदार्थको आयात भएको छ । यो खाद्यान्न, फलफूल, तरकारी लगायत दैनिक उपभोग्य वस्तुहरुको आयातदरमा सबैभन्दा उच्च आयातवृद्धि हो । यसले के बताउँछ, आफ्नै देशमा उत्पादन कृषि उपज पनि आवश्यकताअनुसार उत्पादन हुने अवस्था छैन । हामी अरुका उत्पादन खरिद गरेर बिक्री गर्न मात्र तल्लिन छौँ भन्ने देखाएको छ । हामीमा बिचौलिया मानसिकता गढ्दै गएको देखिन्छ । हाम्रो जस्तो सबै खाले ‘इकोलोजिकल बेल्ट’ भएको देशमा खाद्य वस्तु आयात गर्नुपर्ने अवस्था आउनु दुःखद हो । यो विषम परिस्थितिमा खाद्यान्न आयात गर्दा सङ्क्रमण चुनौती झनै भयावह हुने अवस्था रहेको यथार्थ भुल्नु हुँदैन ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ९७ प्रतिशत व्यवसायको ७५ प्रतिशत व्यवसाय कम भएको छ । जब ७५ प्रतिशत व्यवसाय घट्छ, त्यसको ‘चेन रिएक्सन’ सबै क्षेत्रमा देखिदंै गएको छ । यसका कारण सबै व्यावसायिक क्षेत्रमा असर परेको छ । यो तथ्य विशेषगरी आयातित वस्तुमा आधारित छ । आयातित वस्तुको तथ्यांक विश्लेषण गर्दैगर्दा स्वदेशी उत्पादन र व्यवसायको विषयमा मनन गर्ने हो भने फरक अवस्था देखिन्छ । कोभिडका कारण व्यापारिक ‘चेन’मा परेको असरका कारण स्वदेशी उत्पादनको व्यवस्थापन हुन सकेको छैन । त्यसो त स्वदेशमै उत्पादन हुनसक्ने वस्तु पनि उत्पादन हुँदो रहेनछ र त्यसतर्फ ध्यान गएको रहेनछ भन्ने स्पष्ट चित्र देखिन थालेको छ । पछिल्ला समय सार्वजनिक भएका तथ्यहरुले पनि त्यस्तै अवस्था चित्रण गर्छ ।

उदारहणका लागि सामान्य कच्चा पदार्थको सहयोगमा उत्पादन हुने मास्क तथा स्यानिटाइजरको आयात चुलिएको छ । कोभिड महामारीकै समयमा मास्क र स्यानिटाइजरको आयातमा वृद्धि भएको भन्सार विभागले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएच) ले कोरोनाको महामारीलाई रोकथाम तथा न्यूनीकरण गर्न अनिवार्य रूपमा मास्क तथा ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्न भनेसँगै विश्वभर नै यी वस्तुको कारोबार वृद्धि भएको हो । सामान्य अवस्थाको रुघाखोकी तथा धुलोधुवाँका कारण नेपालमा मास्क केही वर्ष अघिदेखि नै प्रचलनमा रहेको थियो, यद्यपि ठूलो मात्रामा आयात भने गर्नुपरेको थिएन । नेपालीका लागि आवश्यक पर्ने मास्क र स्यानेटाइजर नेपालमा उत्पादन भएको थिएन । अझै कोरोना महामारीसँगै मास्कको आयातमा वृद्धि भएको सहजै देखिन्छ । भन्सार विभागका अनुसार कोरोना महामारीमा डेढ महिनामा मात्र नेपालमा २९ करोड ५० लाख रुपैयाँ बराबरको स्यानिटाइजर आयात भएको छ । यदि मास्क र स्यानिटाइजर नेपालमा नै उत्पादन हुन्थ्यो भने यति ठूलो रकम विदेशिने थिएन ।

चैतदेखि असारसम्मको अवधिमा बढी मात्रामा स्यानिटाइजर आयात भएको छ । यस अवधिमा पाँच सय ९२ मेट्रिक टन स्यानिटाइजर आयात भएको छ । कोरोना भाइरसको महामारी शुरू भएसँगै चीन, भारत, अमेरिका लगायतका मुलुकबाट स्यानिटाइजर आयात भएको हो । गत जेठ १५ पछि असार मसान्तसम्ममा नेपालमा ७३ मेट्रिक टन मास्क आयात भएको छ । अहिलेसम्मको तथ्यांकमा ३५ करोड ८० लाख रुपैयाँ बराबरको मास्क आयात भएको छ । त्यस्तै कोरोनाका कारण अन्य माल सामान तथा मेसिनरी वस्तुहरुको आयातमा गिरावट आए पनि अत्यावश्यक दैनिक उपभोग्य वस्तु खाद्यान्न, दाल, चामल, नुन तेल लगायत औषधिजन्य वस्तु र फलफूल, तरकारी र दुधजन्य पदार्थ आयातमा भने उल्लेखनीय वृद्धि भइरहेका छ । यसले पनि के देखाउँछ भने स्वदेशमै उत्पादन गर्न सकिने माल सामान नै बढी आयात गर्नुपर्ने अवस्था छ । बन्दाबन्दीका समयमा दैनिक उपभोग्य वस्तुको आयातमा सरदर अधिकतम ३८ प्रतिशतले सम्म वृद्धि भएको भएको छ, त्यो क्रम अहिले पनि जारी छ । यसले हाम्रा उद्योगीको मानसिकता उत्पादनमा भन्दा पनि व्यापारमै बढी केन्द्रित भएको देखिन्छ ।

गत चैत्र ११ गते देखि जेठ २१ गतेसम्ममा कुल १० हप्तामा औसत खाद्यान्न ६.९ प्रतिशतले, दाल तथा गेडागुडी १४.७ प्रतिशतले, तरकारी ४.० प्रतिशतले, फलफूल ३८.१ प्रतिशतले, दुग्धजन्य पदार्थ २,६५८.४ प्रतिशतले र औषधि ४४.२ प्रतिशतले आयात वृद्धि भएको छ । लकडाउनको अबधिमा मात्र कुल ८६ हजार २ सय ९४ मेट्रिक टन तरकारी र ३४ हजार ६ सय ९५ मेट्रिकटन फलफूल आयात भएको छ । लकडाउन शुरु भएको पहिलो हप्ता ६ हजार २ सय ८९ मेट्रिकटन तरकारी र ८ सय ७३ मेट्रिकटन मात्र फलफूल आयात भएकोमा १० हप्तासम्ममा उक्त परिमाणमा फलफूल तथा तरकारी आयात भएको हो । त्यसैगरी चैत ११ गतेदेखि जेठ २१ गते सम्मको १० हप्ताको तथ्याङ्कमा सबैभन्दा बढी चौथो हप्तामा झण्डै ११ हजार मेट्रिकटन, १० हजार ९ सय १६ मेट्रिकटन दुग्धजन्य पदार्थको आयात भएको छ । यो खाद्यान्न, फलफूल, तरकारी लगायत दैनिक उपभोग्य वस्तुहरुको आयातदरमा सबैभन्दा उच्च आयातवृद्धि हो । यसले के बताउँछ, आफ्नै देशमा उत्पादन कृषि उपज पनि आवश्यकताअनुसार उत्पादन हुने अवस्था छैन । हामी अरुका उत्पादन खरिद गरेर बिक्री गर्न मात्र तल्लिन छौँ भन्ने देखाएको छ । हामीमा बिचौलिया मानसिकता गढ्दै गएको देखिन्छ । हाम्रो जस्तो सबै खाले ‘इकोलोजिकल बेल्ट’ भएको देशमा खाद्य वस्तु आयात गर्नुपर्ने अवस्था आउनु दुःखद हो । यो विषम परिस्थितिमा खाद्यान्न आयात गर्दा सङ्क्रमण चुनौती झनै भयावह हुने अवस्था रहेको यथार्थ भुल्नु हुँदैन ।

नेपालमा विश्वमा पाइने सबै किसिमको हावापानी पाइन्छ । यहाँ जस्तो सुकै खाद्यान्न पनि उत्पादन गर्न सकिन्छ भनेर भाषण गर्ने नीति निर्माता तथा कृषि क्षेत्रका विज्ञहरुलाई यस्तो अप्ठ्यारो अवस्थामा पनि यति धेरै दैनिक उपभोग्य वस्तु आयात हुन्छ भन्ने खबरले पक्कै पनि खुशी बनाएको छैन होला । कृषि उपज निर्यात गर्ने क्षमता राख्ने नेपालको भौगोलिक अवस्थाको सदुपयोग गर्न किन सकिएन भन्ने विषयमा मसिनोसँग विश्लेषण गरेर उपयुक्त नीति बनाएर कार्यान्वयनमा जरुरी छ । कृषि उपजको आयात प्रतिस्थापन गर्ने कार्य पहिलो प्राथमिकतामा पर्न आवश्यक छ । यो महामारीबाट आगामी दिनमा कृषि क्षेत्रका जानकारले पाठ सिक्नै पर्छ, अब उनीहरुको चेत खुल्नुपर्छ । कृषि क्षेत्रलाई आधुनिक प्रविधियुक्त सम्मानित क्षेत्रका रुपमा विकास गरेर मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्छ, बिचौलिया बन्ने मानसिकतामा पनि परिवर्तन ल्याउनुपर्छ । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : कृषि
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस