Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशजुम्ली स्याउको उत्पादन यस वर्ष ५० प्रतिशत घट्ने

जुम्ली स्याउको उत्पादन यस वर्ष ५० प्रतिशत घट्ने


जुम्ला, ३० साउन । गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि चिन्तित छन् ।

वर्षभरी दुःख गर्दा पनि स्याउ नफल्दा १० जनाको परिवार कसरी पाल्ने भन्ने पिरलो हुन थालेको तिला गाउँपालिका – १ राराका स्याउ किसान महेन्द्र बुढाले बताए। कृषि विकास कार्यालयका जुम्लाका अनुुसार जिल्लाका १६ हजार घरपरिवारले स्याउखेती गर्दै आएका छन् ।

“यस पटक न किसानसँग स्याउ छ, न त खाने अन्न । असिना पानी, खडेरी र कालो तुषारोले स्याउ सखाप पारिदियो”, वरिष्ठ स्याउ किसान रामसिंह रावलले बताए ।

स्याउ रोपिएको जमीनमा अन्न उत्पादन हुँदैन । “यस पटक न किसानसँग स्याउ छ, न त खाने अन्न । असिना पानी, खडेरी र कालो तुषारोले स्याउ सखाप पारिदियो”, वरिष्ठ स्याउ किसान रामसिंह रावलले बताए ।

गत वर्ष जिल्लामा स्याउबाटै रु ३४ करोड आम्दानी भएकामा यस वर्ष असिनापानी र कालो तुषारोले ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । पाँच वर्ष अघिदेखि स्याउको बीमा शुरु भए पनि जिल्लाभर एक हजार २४७ जनाले मात्रै स्याउको बीमा गरेको शिखर बिमा कम्पनी शाखा जुम्लाले जनाएको छ ।


क्याटेगोरी : कृषि, प्रदेश, कर्णाली प्रदेश
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस