Techie IT
×
गृहपृष्ठकृषिकृषि अनुदानमा संघदेखि स्थानीय तहसम्म अनियमितता

कृषि अनुदानमा संघदेखि स्थानीय तहसम्म अनियमितता


नेपालमा कृषिमा हुने अनियमिताका बारेमा बेला बेलामा सञ्चार माध्यममा समाचार प्रकाशन तथा प्रसारण हुने गरेका छन् । आमनागरीकको सबैभन्दा बढी चासोको बिषय पनि हो यो । नागरिकमा भएको चेतना बृद्धिका कारण पनि होला आज कृषिमा अनियनिताको बहस राष्ट्रिय रुपमा नै सुरु भएको छ । यसलाई सकारत्मक रुपमा नैं लिनु पर्दछ । हुनत यसरी बहस शुरु हुने क्रम यो पहिलो पनि होईन र नयाँ पनि होइन । कृषिमा अनियमिताको श्रृंखला निकै लामो छ । देशमा धेरै राजनैतिक परिवर्तनहरु भए तर ती परिवर्तनहरुबाट कृषिमा हुने अनियमिततालाई रोक्ने छ ।

जो वास्तबिक किसान हो उसको पक्षमा उभिने छ । गरीब किसान, जो सधै अपहेलीत भएर बाँच्नु पर्ने अबस्थामा छन्, उनीहरुको जीबनस्तर माथि उठाउन आमजनजिबिकाका सबालमा राज्यले पहलकदमी लिने छ भन्ने अपेक्षा आमनेपालीहरुमा थियो । त्यसको ठिक बिपरीत बिगतदेखिको यो प्रबृत्तिलाई मलजल गर्ने काम राज्यबाट हुनु आफैँमा अत्यान्तै दुःखद पक्ष हो ।

यसले के पनि प्रष्ट पार्दछ भने देशमा जतिसुकै राजनैतिक परीर्बतन भए पनि र राज्य सञ्चालन गर्नेहरु फेरिए पनि प्रबृत्ति, प्रकृया र संस्कारमा परिर्बतन आउन सकेन । अर्कातिर संरचनागत परिर्बतन भएपनि त्यस अनुरुप रुपान्तरण हुन नसक्दा भनौ वा स्थानीय सरकारदेखि संघीय सरकारसम्म अझ सरल भाषामा तलदेखि माथिसम्म तदर्थवादले काम गरेको छ भन्ने कुरा प्रष्ट हुन्छ । कृषिमा भएका अनियमितताका बारेमा बिगतमा सञ्चार माध्यम र चिया पसल बहस हुने गरेकोमा यस पटक भने सरकार आफैँले कृषिमा अनियमितता भयो भनेर स्वीकार गरेको छ । संसदीय समितिबाटै कृषिमा अनियमितता भयो भनेर सार्वजनिक हुनुले पनि सरकारले कसरी काम गरेको छ भन्ने छर्लङ्ग हुन्छ ।

संक्षिप्त रुपमा भन्नु पर्दा भुमीहिन किसानको व्यवस्थापन, किसानको बर्गीकरण, र व्यवस्थापन मात्रै भए पनि त्यसतर्फ उन्मुख कार्यक्रम आउँन नसक्नुले बर्तमान सरकारप्रतिको किसानको दृष्टिकोणमा परिबर्तनका आभास देखिनु स्वयम् सरकार र सरकारको नेतृत्व गरेको कम्युनिष्ट पार्टी प्रतिनै बिस्वास कम हुँदै गएको प्रष्ट छ ।

गरीब, किसान, मजदुरहरुको नेतृत्व गर्ने कम्युनिष्ट पार्टी उसकै नेतृत्वको दुई तिहाई बहुमत नजिकको सरकार र संबिधानमै समाजवाद उन्मूख राष्ट्रका रुपमा परिभाषित देशका आम किसानले यो सरकारबाट गरेको आशा पनि त्यति धेरै थिएनन् । संक्षिप्त रुपमा भन्नु पर्दा भुमीहिन किसानको व्यवस्थापन, किसानको बर्गीकरण, र व्यवस्थापन मात्रै भए पनि त्यसतर्फ उन्मुख कार्यक्रम आउँन नसक्नुले बर्तमान सरकारप्रतिको किसानको दृष्टिकोणमा परिबर्तनका आभास देखिनु स्वयम् सरकार र सरकारको नेतृत्व गरेको कम्युनिष्ट पार्टी प्रतिनै बिस्वास कम हुँदै गएको प्रष्ट छ । यसका साथै कृषिमा दिइने अनुदानमासमेत बिचैलिया, हुने खाने र पहुचवाला कै नियन्त्रणमा रहनुले अनुदान भनेको ठगी गर्ने एउटा भरपर्दो माध्यमका रुपमा समेत परिभाषित हुन पुगेको छ ।

कृषिमा अनुदानको व्यवस्था गरिए अनुरुप कुनै किसानले कृषिमा आफ्नो पसीनाले आफ्नै माटो सिंचित गर्दै कृषिमा नंै कर्म गर्छ भने त्यो सुन्दर पक्ष हो । आजको आबश्यकता समयको माग र देशले खोजेको पनि यही हो । कृषिमा साना ठूला किसानलाई आकर्षित गर्न सके त्यसले स्वरोजगार सृजना हुन जान्छ । हरेक गाउँ बस्तीलाई आत्मर्निभर बनाउन सकिन्छ । अर्कातिर कृषि उत्पादनमा बृद्धि हुन गइ निर्यात गर्न सकिने अबस्थामा देश पुग्छ । तर अजसम्मको अबस्थालाई हेर्ने हो भने अनुदाननै गलत हो कि भन्ने तर्कलाई नैं बल पुगेको यथार्थ हाम्रा सामु छ ।

अहिले जुन प्रकृयाबाट अनुदान दिने व्यवस्था छ, त्यो नै गलत छ । मन्त्रालय निर्देशनालय वा कृषिज्ञान केन्द्रले दिने अनुदानमा साना किसानको पहुँच नै पुग्दैन । किनकी साना किसानको आजको जुन अबस्था छ यही अबस्थामा उनीहरुले एक त सूचना प्राप्त गर्न नंै सक्दैन । सुचना प्राप्त गरिहाले पनि अनुदान प्राप्त गर्नका लागि प्रस्ताब लेख्न सक्दैनन् । अर्कोतिर सम्बन्धित निकाय र प्रमूख सँगको पहुँच पुर्याउन त झन सक्ने कुरै भएन । यस्तो अबस्थामा अनुदान केबल पहंँच, शक्ति र बिचौलियाको हातमा मात्रै सीमित हुने गरेको छ ।

अनुदान दुरुपयोग गर्नेलाई कानूनी रुपमै कडाई गर्दै अनुदान दुरुपयोग गरे पुनः अनुदान नपाउने गरी व्यवस्था गर्नुका साथै अन्य बित्तीय संस्थाबाटसमेत ऋण नपाउने गरी कालो सूचीमा राख्ने नीतिगत व्यवस्था गर्नु पर्दछ । हामीकहँ जाहाँबाट वा जसबाट कमिशन आउँछ उसैलाई अनुदान दिने गरिएको तितो यथार्थ छ । कृषिमा अनुदान सम्बन्धी सबै काम स्थानीय तहमै हुने भएकाले यसमा स्थानीय तहको भुमीका निकै महत्वपूर्ण हुन्छ । तर स्थानीय तहको नेतृत्वसमेत कमिशन, आफ्नो नजिकका मान्छे, शक्ति र पहुँच कै वरीपरी घुमिदिनालेसमेत कृषिमा अनुदानको चरम दुरुपयोग भैरहेको छ ।

यो पनि पढ्नुहोस्,

विपद् व्यवस्थापन : सरकारको अवसर र चुनौती

 

 

 


क्याटेगोरी : कृषि, बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस