Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

नेप्से सूचक घट्दो क्रममा


काठमाडौं, ७ असार । पछिल्लो केही दिन यता नेप्से सूचक घट्दो क्रममा देखिएको छ। जसले गर्दा लगानीकर्ताको सम्पति दैनिक रुपमा घट्दै गएको छ गत पाँच दिनमा नै कुल बजार पूँजीकरण साढे २ खर्ब रुपैयाँ भन्दा धेरैले घटेको छ। यसको मतलब पछिल्लो पाँच करोबार दिनमा लगानीकर्ताले २ खर्ब ७८ अर्ब रुपैयाँ बजारबाट गुमाएका छन्।

सोमबार कुल बजार पूँजीकरण घटेर ३९ खर्बमा झरेको छ। जेठ महिनाको अन्तिम दिन अर्थात जेठ ३१ गते बजार पूँजीकरण पनि ४२ खर्ब १६ अर्ब रुपैयाँमा पुगेको थियो। यो हालसम्मकै उच्च विन्दु हो। सो विन्दुबाट २ खर्ब ७८ अर्ब ३२ करोड ३४ लाख रुपैयाँले घटेर सोमबारसम्ममा ३९ खर्ब ३७ अर्ब ६७ करोड ८१ लाख रुपैयाँमा झरेको छ।

असार लागे देखि शेयर बजार लगातार घट्दो क्रममा छ। ३ हजार २५ विन्दुमा पुगेको नेप्से सूचक पाँच दिनमा १९१ अंकले घटेर २ हजार ४३४ विन्दुमा पुगेको छ। सोमबार पनि नेप्से सूचक ७१ अंकले घटेको छ।


क्याटेगोरी : कृषि
ट्याग : #nepse

प्रतिक्रिया


ताजा अपडेट