Techie IT
×
गृहपृष्ठकृषिनाफा बुकगर्ने सक्रिय हुँदा नेप्से दवावमा

नाफा बुकगर्ने सक्रिय हुँदा नेप्से दवावमा


शेयर बजारमा बुधबार थोरै भएपनि नाफा बुक गर्ने सक्रिय हुँदा नेप्से सामान्य दवाबमा देखिएको छ । यद्यपी एक अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएबाट खरिदकर्ताको उत्साह घटेको देखिँदैन । बुधबार १७९ वटा कम्पनीको २९ लाख ७७ हजार कित्ता शेयर १ अर्ब ७ करोड रुपैयाँमा खरिद बिक्री भयो।

बुधबार पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने बुधबार सुर्योदय लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.८८ प्रतिशतले बढेको छ ।

त्यसैगरी तारागाँउ रिजेन्सी होटलको शेयरमूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशतले घटेको छ छ।

यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये ९४ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ५२ वटा कम्पनीको बढेको छ। १५ वटा कम्पनीहरुको शेयरमूल्यमा कुनै परिवर्तन भएन।


क्याटेगोरी : कृषि
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार