Techie IT
×
गृहपृष्ठकृषिठुलाबडाले ‘ज्यूनार’ गर्ने जुनार !

ठुलाबडाले ‘ज्यूनार’ गर्ने जुनार !


सानो छँदा (२८–३० वर्ष अघि) सिन्धुलीको साविक जलकन्या गाविस चपौलीस्थित (हाल कमलामाई नगरपालिका ३) हाम्रो बारीका पाटा, कान्ला र गराहरुमा जुनारका बोट प्रसस्त थिए । हिउँद लागेपछि ती पाटा र गराहरुमा लटरम्म पहँेलपुर पाकेका जुनारले मन नै उद्धेलित बनाउँथ्यो ।

जुनार बेचेरै घरमा लुगा, भुटुन, चिनी, चियापत्ति, मरमसला आदिको जोहो गर्नुपथ्र्यो । आमा बुबा र घरका अन्य सदस्यहरु सिन्धुली बजारमा लाग्ने शनिबारे साप्ताहिक हाटमा बिक्रिका लागि डोकोमा बोकेर जुनार लाने गर्नुहुन्थ्यो । आजकलको जस्तो गाडी गड्ने कहाँ हुन उतिबेला । चपौलीबाट सिन्धुली गढी, ढुंग्रेभन्ज्याङ, सिरवनीको फेदी, चियाबारी, ढुंग्रेबास, ग्वाङ खोलाको बगर हुँदै हाटेचौरीमा ४ घण्टाको पैदल दुरी हिँडेर जुनार बिक्रि गर्नु पथ्र्यो । जुनारको भाउ पनि निकै सस्तो । अलि सप्रेका ठुल्ठुला दाना भए रुपैयाँ गोटा, नभए मोहोर गोटा । साँझसम्म बिक्रि भएनन् भने त सुका गोटा पनि बेच्ने गरेको हजुरबुबाले उबेला सुनाउनुहुन्थ्यो । अहिले पो वीपी राजमार्ग र त्यससँगै बनेका सहायक मार्गले गर्दा गाउँमै मोटर पुगेको छ ।

एक पटक बारी, कान्ला, पाटा र गराका बोटहरुमा जुनार धेरै फले । बिक्रिका लागि बोकेर चार घण्टा सिन्धुलीमाढी पुर्याउन पनि हैरान हुने भएकाले हजुरबुवा, बुवा र ठूलोबुवाले एउटा जुक्ति निकाल्नु भयो । गहिरो र फराकिलो खाल्डो खनेर फल्याक ओछ्याउने र त्यहाँ पराल बिछ्याएर जुनार भण्डारण गर्ने । अहिलेको भाषामा भन्दा यस्तो लाग्छ त्यो मौलिक पाराको शितभण्डार थियो !

उमेरले त्यतिबेला करिव ९, १० वर्षको हुँदो हुँ । त्यो क्षण अझै स्मरणमा ताजै छ । एक पटक बारी, कान्ला, पाटा र गराका बोटहरुमा जुनार धेरै फले । बिक्रिका लागि बोकेर चार घण्टा सिन्धुलीमाढी पुर्याउन पनि हैरान हुने भएकाले हजुरबुवा, बुवा र ठूलोबुवाले एउटा जुक्ति निकाल्नु भयो । गहिरो र फराकिलो खाल्डो खनेर फल्याक ओछ्याउने र त्यहाँ पराल बिछ्याएर जुनार भण्डारण गर्ने । अहिलेको भाषामा भन्दा यस्तो लाग्छ त्यो मौलिक पाराको शितभण्डार थियो !

जुनारको सिजन सकिएपछि भण्डारण गरिएको खाडलबाट झिकेर बेच्दा राम्रो पैसा हात पर्छ भन्ने बा हरुको बिवेक राम्रो थियो त्यो । करिव तीन महिनापछि जुनारको खाडल बा हरुले उघारी हेर्दा त जुनार सिनित्तै । अधिकाँश कुहिएका । पछि केही सद्दे दानाहरु बिक्रि भए । पैसा भने सोचेजति कमाउन सकिएन ।

त्यसोतः ‘जुनारको राजधानी’ भनेर चिनिएको सिन्धुलीका जति पनि स्थानमा जुनार खेती हुन्छन् ती सबै ठाउँमा सुन्तला तथा अन्य अमिलो जातका फलफुल पनि उत्पादन हुने गर्दछ । सिन्धुलीको जुनारमा उतिबेला आजकालको जस्तो औँशा पर्ने रोगहरु देखा परेका थिएनन् । बुबाले सिकेचरको मद्दतले जुनारका बोटका हाँगाहरु छाँटेको र बोटका फेदमा निलोतुथो दलेको केही बोटमा कलमी गरेको भने मैले देख्ने गरेको थिएँ ।

मध्य मंसिर–पुस महिना लागेसँगै सिन्धुलीका पहाडी भूभागमा पुग्ने जोसुकैलाई पाकेको स्वादिलो जुनार देख्दा मुख नै रसिलो बनाइदिने गरेको छ । बारी, खेत, कान्ला र पाटाहरुमात्र होइन वीपी राजमार्गका बिभिन्न स्थानहरु खनियाँखर्क, रातमाटा, झागाझोली, सोलाभन्ज्याङ, गोलान्जोर, खुर्कोट, सिन्धुलीमाढी लगायतका सडक छेउमा स्वादिलो जुनार बिक्र भैरहेको देख्दा सो राजमार्ग हुँदै यात्रा गर्ने यात्रीहरुले एकैक्षण भएपनि सबारी साधन रोकेर जुनार गरिद गर्दे र खाँदै गरेको दृष्य देख्न सकिन्छ ।

जुनार नेपालमा पाईने एक मौलिक फल हो । संसारमा अमिलो (सिट्रस) जातको फलफुलको ईतिहास करिव तीन करोड बर्ष भएता पनि नेपालमा जुनारको ईतिहास लगभग दुईदेखि तीन सय बर्ष पुरानो रहेको अनुमान गरिएको छ ।

प्राकृतिक रुपमा नै सुन्तलाजातको फलफुललाई ‘हाइब्रिड’ गरेर नयाँ फलको उत्पत्ति भएको हुन सक्ने जलकन्याका केही स्थानीय कृषकहरु बताउँछन् । सुन्तला, ज्यामिर, भोगटे, बिमिरो, निबुवा र कागती पहिले देखिनै घर बगैँचामा लगाउँदै आएता पनि उक्त फल भने पाईएको थिएन भन्ने स्थानीय बयोबृद्धहरुको भनाई छ । आफनो करेसामा छुट्टै विशेष किसिमको रङ्ग, आकार र विशेषता भएको स्वादिलो नयाँ फल फल्न थालेपछि त्यसलाई आफन्त, मान्यजन, र ठुलाबढालाई कोसेलीको रुपमा ज्यूनार गर्न लैजाने चलन भयो ।

तत्कालीन समयमा खानको लागि आदर पुर्वक अनुरोध गर्दा ‘ज्यूनार’ भन्ने चलन रहेको हुनाले त्यसैबाट यो फलको नाम जुनार रहन गएको हो भन्ने कुरा चपौलीका स्थानीय जुनार कृषक तिर्थलाल फुयाल (हाल दिवंगत) बताउने गर्नुहुन्थ्यो ।

सिन्धुलीका नेकपा संसाद तथा पूर्व कृषिमन्त्री हरिवोल गजुरेल पनि जुनार फल विदेशबाट नेपाल भित्रिएको हुन सक्ने बताउनुहुन्छ । शुरुमा राणाकालीन शासन व्यवस्थामा राणाहरुले विदेशबाट फल ल्याई आफ्ना मान्यजनहरुलाई सौगात स्वरुप ज्यूनार होस् (खानु हवस्) भन्दा भन्दै यो रसिलो फलको नाम अपभ्रंस भई जुनार रहन गएको हुन सक्ने सांसद गजुरेल बताउँनुहुन्छ ।

जनश्रुती अनुसार सिन्धुली जिल्लाको नाकाजोलीका मगर जातिहरु राणा दरवारमा रहेकाले त्यो रसिलो फलको बीउ संकलन गरि आफ्नो गाउँमा ल्याई रोपे । त्यसपछि विस्तारै त्यहाँबाट अन्य क्षेत्रमा फैलदै गएको हुन सक्ने अनुमान रहेको छ ।

 

 


क्याटेगोरी : कृषि, बिचार
ट्याग : #hot, #junar


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार