Techie IT
×
गृहपृष्ठकृषिसरकारले तोक्यो खसीबोकाको मूल्य, प्रतिकिलो ५५० रुपियाँ

सरकारले तोक्यो खसीबोकाको मूल्य, प्रतिकिलो ५५० रुपियाँ


काठमाडौं, ३ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोकाको बिक्री मूल्य निर्धारण गरेको छ । बिगतका बर्षहरुमा च्याग्रा समेत बिक्री गर्ने कम्पनीले यो बर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागिय प्रमुख श्रीमणिराज खनालले आइतबार बसेको बैठकले जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ५५० रुपियाँ कायम गरेको जानकारी दिए। उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो रु १० सहुलियत दिई उक्त मूल्य निर्धारण गरिएको उनले स्पष्ट पारे।

कम्पनीले सोमबारदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थिति बाग्मती अञ्चल कार्यालय (सदन धान गोदाम)बाट खसी, बोको बिक्री शुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयको समन्वयमा ती खसी, बाकाको मूल्य निर्धारण गरिएको हो ।
सरकारले दशैँका समयमा उपभोक्तालाई थोरै भए पनि राहत दिन विगतमा झै यसपटक पनि खसी, बोका बिक्री गरेको हो । सरकारी मूल्य निर्धारणले बजारमा मूल्य हस्तक्षेप गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

यो बर्ष पहिलो चरणमा एक हजार सात ओटा खसी बोकाको बिक्री गर्ने तयारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गरेको छ । यसवर्षका लागि कम्पनीले काठमाडौँ उपत्यकामा पहिलो चरणमा एक हजार सातको संख्यामा खसी, बोका बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि सोमबारसम्ममा ४०५ ओटा खसी बोका काठमाडौ ल्याइ सकिएको छ । दाङबाट ६०० र हेटौडाबाट ४०० खसी बोकामभ्ये चार सयवटा काठमाडौं आइसकेका छन् । मागको आधारमा थप खसी बोका समेत बिक्री गरिने उनले बताए ।

अरु अरु एक दुई दिनभित्र ल्याइसक्ने खनालले जानकारी दिए । सरकारले खसी, बोका बिक्रीमा घाटा खाएर उपभोक्तालाई राहत दिएको छ । खरिद मूल्यभन्दा कममा उपभोक्तालाई बिक्री गर्न लागिएको खनालले जानकारी बताए।

अहिले राजधानी तथा नेपालका अन्य जिल्लाहरुमा खसी बजारमा जीउँदो खसी बोका ८०० रुपियाँसम्म र प्रति च्याङ्ग्रा ५० हजारसम्ममा बिक्री हुँदै आएको छ । सम्बन्धित जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको खरिद समितिले गरेको मूल्यका आधारमा ती खसी, बोका किसानसँग खरिद गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कृषि
ट्याग : #breaking


सम्बन्धित समाचार