newsone

खुला विश्वविद्यालयका लागि दूर तथा अनलाइन शिक्षण विधि र पाठ्यक्रम

newstwo खुला विश्वविद्यालयका लागि दूर तथा अनलाइन शिक्षण विधि र पाठ्यक्रम

लेखनाथ शर्मा

परिवेश

नेपालमा आधुनिक उच्चशिक्षाको इतिहास सन् १९३८ मा त्रि–चन्द्र कलेजको स्थापनादेखि शुरुवात भएको हो । त्यतिबेला उक्त कलेजले उच्च वर्गका जनताका लागि मात्र उच्च शिक्षाको पहुँच उपलब्ध गराएको थियो । राजघरानाका र उच्च आर्थिक वर्गका मानिसहरुले उक्त कलेजमा अध्ययनको अवसर लिन सक्थे तर आम नागरिकका लागि भने यो कलेज पहुँचमा थिएन । पछि अरु धेरै कलेजहरु देशका विभिन्न भागमा खुल्न थाले र अरु वर्गका मानिसहरुमा पनि उच्चशिक्षाको पहुँच बढ्दै गयो । तैपनि यो सबैको लागि सर्वसुलभ भएन । औपचारिक रुपमा उच्चशिक्षाको शुरुवात सन् १९५९ मा त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि मात्रै भएको हो । 

अहिले उच्च शिक्षाको क्षेत्र विस्तार भएको छ र १३ वटा उच्चशिक्षाका संस्थाहरु अहिले सञ्चालित छन् । यी विश्वविद्यालय र मानक विश्वविद्यालय तथा एकेडेमीमार्फत देशैभरी विभिन्न कलेजहरु छन् र तिनले विभिन्न विषयहरुको अध्यापन गराइरहेका छन् । यसले उच्चशिक्षाको पहँुच आम नागरिकमा पु¥याएको देखिन्छ । कुल ५६९,६६५ विद्यार्थीहरु नेपालको उच्च शिक्षामा संलग्न छन् र त्रिभुवन विश्वविद्यालयले मात्र करिव ८१.५८ प्रतिशत भार लिएको छ र जसमध्ये करिब ८८ प्रतिशतले साधारण शिक्षा र बाँकी विज्ञान प्रविधि शिक्षामा सहभागी छन् । 

करिव १७ प्रतिशत विद्यार्थीहरु यो उमेर समूहबाट (१६.२५) उच्च शिक्षामा सहभागी थिए । नेपालमा सक्रिय आर्थिक उत्पादन उमेरका जनसंख्या करिव २१ प्रतिशत छ र द्रुत आर्थिक विकासको नीति अवलम्वन गर्दा यो जनसंख्याको शिक्षाका लागि सोच्नुपर्छ । यो समूहको जनसंख्यामा प्रारम्भिक तथा निरन्तर जीवनपर्यन्त शिक्षा लिने दुवैखाले समूह पर्छन् । आर्थिक उत्पादकत्व क्षमता विकासका लागि शिक्षा अनिवार्य छ । अहिलेको संरचना र अहिलेको शिक्षामा उनीहरुको सहभागिता हेर्ने हो भने यो समूहको कुल जनसंख्याको ८ देखि १० प्रतिशत मात्र उच्चशिक्षामा समावेश होलान् । 

उच्चशिक्षामा पेशागत, व्यावसायिक तथा प्राविधिक शिक्षा र प्राज्ञिक अनुसन्धानात्मक शिक्षा दुवै पर्छन् । तसर्थ योजनावद्ध किसिमले उच्च शिक्षामा सहभागी हुनेको यो संख्या बढाउनु पर्नेछ र विभिन्न क्षेत्रमा योग्य शिक्षित जनशक्तिको निर्माण देशको सर्वाङ्गिण विकासका लागि अनिवार्य हुन्छ । तर अहिले उच्च शिक्षाको सहभागिता दर घटेर १४ प्रतिशतमा आएको विश्वविद्यालय अनुदान आयोगको अहिलेको प्रारम्भिक गणनामा देखिएको छ । बढ्नु पर्नेमा यो संख्या किन घट्यो यो अध्ययनको विषय छ । तथापि केही आधारहरु अनुमान गर्न सकिने छन् । 

जस्तै दैनिकजसो १४०० देखि १६०० सम्म नेपाली युवाहरु विदेशमा काम गर्नका लागि देश छोड्ने गरेको भन्ने रिपोर्टिङ्ग अध्यागमन विभागबाट जानकारी पाइन्छ । यो कारण पनि हुनसक्छ उच्च शिक्षामा विद्यार्थी घट्नुको । विदेशिनेहरुमा केही उच्च शिक्षा अध्ययनका लागि गएका छन् र केहीले नेपालमा नै खुलेका विदेशी विश्वविद्यालयहरुको सम्वन्धन प्राप्त कलेजहरुमा पनि अध्ययन गर्छन् । यसको एकिन तथ्यांक छैन । अर्को महत्वपूर्ण कुरा यी विदेशिने युवाहरु उचित किसिमको शिक्षाविना नैं विदेशिएका छन् । विदेशको कामको प्रकृति अनुसारको शिक्षा यिनले लिन पाएका छैनन् र यिनले त्यहाँ प्राप्त गर्ने पारिश्रमिक पनि यसै कारण न्युन छ । यी युवाहरुका लागि शिक्षा प्राप्त गर्ने वैकल्पिक अवसर राज्यले प्रदान गर्नुपर्ने अवस्था छ । 


उच्च शिक्षामा नियमित कार्यक्रमतर्फ अध्ययन गरिरहेका विद्यार्थीहरुमा पनि कक्षामा नियमित हुनेको भन्दा अनियमित बन्नेको संख्या बढी छ भन्ने अनौपचारिक छलफलका क्रममा शिक्षकहरुले बताउनु हुन्छ । त्यस्तै बीचैमा अध्ययन छोड्ने र असफल हुनेको संख्या पनि उल्लेख्य छ । अधिकतममा २३ प्रतिशत विद्यार्थी परीक्षामा सफल भएको आँकडा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको छ । यसले उच्चशिक्षामा शैक्षिक घाटा धेरै छ भन्ने देखाउँछ । तसर्थ नियमित हुन नसक्ने र बीचैमा कक्षा छोड्ने, काम र परिवारको कारण अध्ययन त्याग्नुपर्ने तर कामका लागि उपयुक्त शिक्षा प्राप्त गर्नुपर्ने र कहिल्यै उच्च शिक्षाको ढोकामा नपुगेकाहरुका लागि अध्ययनको अवसर दिन उच्च शिक्षामा वैकल्पिक व्यवस्था गर्नु अनिवार्य देखिन्छ । यो परिस्थितिले गर्दा उच्च शिक्षामा पहूँच र गुणस्तरको मुद्धा संसारभरी नै उठाइएको पाइन्छ । चाहे परम्परागत होस चाहे खुला तथा दूर सिकाइमा आधारित विश्वविद्यालयहरु हुन् पहुँच र गुणस्तरको मुद्दा बराबरी जस्तै उठाइएको पाइन्छ । उच्चशिक्षाका संस्थाहरु यी दुईको द्वन्द्वमा गुज्रिरहेका छन् ।


परम्परागत प्रणाली जहाँ शिक्षक विद्यार्थी एकै समय र एकै ठाउँमा रहेर अध्ययन गर्ने हुन्छ त्यसका लागि भौतिक तथा शैक्षिक स्थान र सुविधाहरु प्रसस्त चाहिन्छ । अर्कोतिर राज्यले उच्च शिक्षामा गर्ने लगानीको मात्रा क्रमशः घटाउदै लगेको देखिन्छ भने आर्थिक रुपले सक्रिय उमेर समूहका नागरिकका लागि क्षमता विकासको अवसर प्रदान गर्नु राज्यको कर्तव्य हुन्छ । यसले गर्दा पनि गुणस्तरीय उच्च शिक्षाको वैकल्पिक तरिका व्यवस्था गर्नु अनिवार्य छ । यो परिवेशमा खुला तथा दूर सिकाईमा आधारित उच्च शिक्षाको व्यवस्था गर्नु सान्दर्भिक हुन्छ र वर्तमानमा स्थापना भएको नेपाल खुला विश्वविद्यालयले माथि उल्लेखित पहुँच र गुणस्तरीय शिक्षाको मुद्दालाई राम्ररी सम्वोधन गर्न सक्छ । यस अतिरिक्त अन्य केही परम्परागत विश्वविद्यालयहरुले पनि खुला तथा दूर सिकाईका कार्यक्रमहरुलाई शुरु गरी इमोडमा विश्वविद्यालय शिक्षा प्रदान गर्दै आएका पनि छन् । त्यस्तै विश्वका अरु देशमा सञ्चालित खुला विश्वविद्यालयका कार्यक्रमका अध्ययन केन्द्रहरु पनि नेपालमा सञ्चालित छन् र यी विश्वविद्यालयबाट पनि नेपाली विद्यार्थीहरुले उच्च शिक्षाको अवसर लिइरहेका छन् । खुला तथा दूर शिक्षाका विधिबाट सञ्चालित विश्वविद्यालय तहका कार्यक्रमहरुको गुणस्तर नियमन अर्को आवश्यकता छ ।


नेपालमा विद्यालयहरुलाई कलेजहरुमा विकास गर्ने र कलेजहरु विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रवृत्ति देखिँदो छ । यस्तै अन्य देशहरुमा पनि यो क्रम छ र विश्वविद्यालयहरुमा धेरै विद्यार्थीहरुको पहुँच दिनका लागि केही प्रतिशत पाठ्यक्रमहरुलाई अनलाइन मोडमा राख्ने गरी मिश्रित प्रणाली र केहि पूर्ण खुला अनलाईन विश्वविद्यालयहरु पनि सञ्चालन भएका छन् । उच्च शिक्षामा आएको यो परिवर्तन सामान्य ढंगबाट मात्र आएको होइन । यो परिवर्तनका लागि आन्तरिक तथा बाह्य शक्तिहरुको प्रभाव छ र यी तत्वहरु प्रविधिको विकास, नयाँ–नयाँ शिक्षण सिकाई विधिहरुको विकास, लगानीको संकट, परिवर्तित जनसांख्यिकीय अवस्था र आन्तरिक प्रतिष्पर्धा प्रधान देखिन्छ । 

एक समय निकै प्रसिद्ध रहेका मानविकी तथा सामाजिक शास्त्रका कार्यक्रमहरुमा विद्यार्थीहरु घट्नु र यी विषयहरु अध्ययनमा विद्यार्थीहरुको रोजाई नपर्नु अनौठो विषय अहिले बनेको छ । यसले यी विषयहरु समय सान्दर्भिक नभएको हो कि भन्ने प्रश्न खडा गरेको छ । यदि नयाँ विश्वविद्यालय स्थापना हुन्छन् भने त्यतिबेला बजारको आवश्यकता के छ र कुन किसिमको दक्षता र क्षमता भएका जनशक्ति अहिलेका सेवाक्षेत्र, उद्योग, व्यवसायहरुमा आवश्यक छ भन्ने निक्र्यौल गर्नुपर्नेछ । अहिले उच्चशिक्षाका संस्थाहरु पुरानै कार्यक्रमहरुको निरन्तरता दिने कि नयाँ–नयाँ कार्यक्रमहरुको शुरुवात गर्ने र नयाँ गर्ने भए कुन गर्ने भन्ने दुविधामा छन् । साथै उच्च शिक्षा छानिएका,केहीका लागि व्यवस्था गर्ने वा चाहना राख्ने सबैलाई अवसर दिने भन्ने सैद्धान्तिक बहस पनि त्यत्तिकै महत्वपूर्ण छ । 

उच्च शिक्षाका कतिपय कार्यक्रमहरु अहिले समग्र रुपमा पहिचान जोगाउने भ्रममा छन् । उच्च शिक्षाका कार्यक्रमहरु मध्ये केहीको पहिचान र प्राज्ञिक मूल्य निकै बढी हुन्छ तर बजारको माग हँुदैन । तर पनि यी विषयहरुको अध्यापनलाई कुनै हालतमा पनि निरन्तरता दिनुपर्छ र केही स्थानमा केन्द्रित गरी गुणस्तरीय बनाउनु पर्छ । साथै बजारको आवश्यकता अनुसार देखिएका विषयहरुको बजारको आवश्यकता पूरा भैसकेको हुन्छ यी विषयका कार्यक्रमहरु पनि सञ्चालनमा प्राथमिकता नदिनुपर्ने हुन्छ । आवश्यकता पहिचानको सही विश्लेषणका आधारमा नयाँ कार्यक्रमहरु सिर्जना गर्नुपर्छ । नयाँ विश्वविद्यालयले यी दुई अति जटिलतालाई सम्बोधन गर्नुपर्छ । नेपाल खुला विश्वविद्यालय कार्यक्रम सञ्चालनको प्रारम्भिक चरणमा भएकोले यी सबै जटिलता र मुद्दाहरुको अग्रिम आंकलनका आधारमा योजनावद्ध पहल शुरु गर्नुपर्छ ।


अहिले विश्वमा चलेका विश्वविद्यालयहरुमा परम्परागत शिक्षक विद्यार्थी आमुन्ने सामुन्ने भएर अध्ययन गर्ने विश्वविद्यालय, खुला तथा दूर सिकाईमा आधारित विश्वविद्यालय र  दूर सिकाई तथा परम्परागत दुवै कार्यक्रमलाई संयुक्त रुपमा सञ्चालन गर्ने विश्वविद्यालय गरी तिन किसिमका छन् । परम्परागत विश्वविद्यालय अध्ययन गरेका र अहिलेको वर्तमान परिवेश र प्रविधिमा आएको विकास र अन्वेषणले शिक्षाका तरिकाहरुमा विविधता गर्नुपर्ने र शिक्षामा सबैको पहुँच पु¥याउनुपर्ने राज्यको  दायित्वबारे जानकारी कम हुँदा केवल परम्परागत तरिकाले शिक्षा प्राप्त गर्नु नै मात्र गुणस्तरीय शिक्षा हो भन्ने मान्यता रहेको छ ।  त्यसैले अरु तरिकाबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ र यिनीहरुको उपयुक्त विधि र प्रविधि विकास गर्दै राष्ट्रिय जीवनको सबै पक्षमा वैकल्पिक शिक्षाको मान्यता स्थापना गर्नु अहिलेको आवश्यकता हो । 

अध्ययनहरु भन्छ सन् २०२० सम्ममा संसारको रोजगारीको बजारमा करिव ४० प्रतिशत काम गर्ने मानिसहरुका लागि उच्चशिक्षा अनिवार्य बन्छ । यति ठूलो संख्यालाई परम्परागत प्रणालीबाट मात्र शिक्षा दिएर सक्ने अवस्था राज्यहरुमा नहुन सक्ने कुरा अहिले उच्चशिक्षामा राज्यले गर्ने लगानीको कटौतीले संकेत गरिरहेकै छ । तसर्थ सबै क्षेत्रको उच्च अध्ययनमा अबको आवश्यकता खुला तथा दूर शिक्षालाई प्राथमिकता दिनु र यसमा गुणस्तर कायम गर्न निरन्तर अध्ययन अनुसन्धानबाट उपयुक्त विधि र मोडेल विकास गर्नु आवश्यक छ । यस लेख मात्र खुला तथा दूर शिक्षाका शिक्षण सिकाई विधि  र पाठ्यक्रम ढाँचामा मात्र केन्द्रित भएर समान्य छलफल गर्छ ।

दूर शिक्षा र शिक्षण विधिका मोडेलहरु 

दूर शिक्षाको परिभाषा गर्दा मुलतः सिकाई समाग्रीहरु वितरण र शिक्षक–विद्यार्थी अन्तक्र्रियामा प्रयोग गरिने प्रविधि र विधिहरुको आधारमा गर्ने गरिन्छ । प्रविधि प्रयोगका आधारमा दूर शिक्षाका विज्ञहरुले गरेको दूर शिक्षाको वर्गीकरण हेर्दा विभिन्न पुस्ताका दूर शिक्षाहरु प्रयोगमा आएको यसको इतिहासले देखाउँछ । पहिलो पुस्ता र हुलाकबाट पत्रमार्फत सिक्ने सामग्रीहरु प्राप्त गर्ने र परीक्षण हुने पुस्ता नै दूर सिकाईको पहिलो पुस्ता हो । 

त्यसपछि आम संचारका साधनहरु टेलिभिजन रेडियो र फिल्म उत्पादनका प्रविधिहरुको प्रयोगबाट शिक्षा प्रदान गर्ने दोस्रो पुस्ता हो । सूचना तथा सञ्चार प्रविधिको विकासमा अन्तक्र्रियात्मक प्रविधिको शुरुवात भएपछि सुन्ने, देख्ने, वेभ र वेभमा आधारित कुराकानी गर्ने किसिमको प्रविधिको प्रयोग दूर सिकाईमा भयो यो तेस्रो पुस्ता हो । चौथो पुस्ता भनेर वेभ १ प्रविधिको प्रयोगलाई भनिन्छ भने अहिले पाँचौ पुस्ता वेभ २ प्रविधिको प्रयोग हो । जसमा प्रयोगकर्ता (यहाँ शिक्षक तथा विद्यार्थी) ले आफै विषयवस्तु  सिर्जना गर्न, साझेदारी गर्न, सञ्चार गर्न, भण्डारण गर्न लगायत सबै गर्न सक्छन्, आफ्नै कम्प्युटरको प्रयोग गरेर । यो निकै विकसित पुस्ता हो । यो किसिमको दूर शिक्षा प्रत्यक्ष भेटघाटको शिक्षा लिने तरिका भन्दा कम हुनेवाला छैन । सबै कुरा भर्चुअल्लि गर्न सकिन्छ । यो वर्गीकरण यही नै हुनुपर्छ र अर्को किसिमको हुनुहँुदैन भन्ने होइन । जे होस अब दूर शिक्षामा आधारित शिक्षाको व्यवस्थापन गर्दा यो प्रविधिलाई उपयोग गर्ने किसिमको शिक्षण विधि अपनाउने र क्रमशः विकास गर्दै जान जरुरी छ । तसर्थ शिक्षकहरु जो खुला विश्वविद्यालयमा पाठ्यक्रम निर्माण शैक्षिक सामग्री निर्माण र शिक्षण सिकाईमा सहयोगीको भूमिकामा हुन्छन् यी आधुनिक सूचना तथा सञ्चार प्रविधिले उपलब्ध गराएका सबै साधनहरु र सफ्टवेयरहरुको प्रयोग गर्न सक्ने र सिक्नेमा आकर्षित हुनु जरुरी छ ।

सिकाईका सिद्धान्तका आधारमा मुलत ४ किसिमका शिक्षण विधिका मोडेलहरु  अभ्यासमा छन् । व्यवहारवादी सिकाईमा आधारित मोडेल, सामाजिक संज्ञानात्मक सिकाईमा आधारित, सामाजिक निर्माणवादी र सञ्जालवादी मोडेलहरुको अभ्यास अहिले भएको पाइन्छ । सिकाईका मोडेलहरुले संज्ञान सामाजिक सम्वन्ध र शिक्षण विधिका आधारमा सिकाई के र कसरी हुने कुराको आधारमा विविधता वा समानताको विश्लेषण हुन्छ । यी सबै मोडेलहरुको विविधता सिकाईको व्यवस्थापनमा हुने संज्ञानात्मक उपस्थिति, सामाजिक उपस्थिति र शिक्षण उपस्थितिका आधारमा हेर्न सकिन्छ । 

विद्यार्थीहरुले कुन साधन र परिवेशमा ज्ञानको निर्माण र नयाँ ज्ञानको सुनिश्चितता गर्छ भन्ने पक्ष संज्ञानात्मक उपस्थितिसँग सम्वन्धित हुन्छ । कुन मात्रामा र कसरी शिक्षक विद्यार्थी र विद्यार्थी–विद्यार्थीबीच अन्तक्र्रिया हुन्छ भन्ने पक्ष सामाजिक उपस्थितिसँग सम्वन्धित हुन्छ । शिक्षकले कुन विधिबाट शिक्षण गर्छन् भन्ने पक्ष शिक्षण उपस्थितिसँग सम्वन्धित हुन्छ संज्ञान–व्यवहारवादी शिक्षण विधिले सिकाईका उद्देश्यहरु निर्माण र यिनै उद्देश्यहरुले निर्देशित गर्ने शिक्षण  सिकाईका लागि सिकाईका विषयवस्तुहरुको क्रमवद्ध संगठन गरी सिकाईको ब्यवस्थापन गरिन्छ । सिकाईको प्रक्रियामा विद्यार्थीहरु शिक्षकले दिएको शिक्षण ढाँचाको अवलम्वन गर्छन् । यसमा बढी संरचनागत सिकाई ढाँचाको प्रयोग हुन्छ । विद्यार्थीहरुको वैयक्तिक सिकाईलाई बढवा दिने कार्यलाई मध्यनजर गरी सिकाई सहयोग गरिन्छ र सिकाई पूर्णत शिक्षकले निर्देश गरे बमोजिम जान्छ । सामाजिक संज्ञान र सामाजिक निर्माणवादी मोडेलमा सिक्ने विषयवस्तु र सिकाउने तरिका वास्तविक संसारको समस्यासँग र विद्यार्थीहरुको अनुभवको क्षेत्रबाट शुरु गरिन्छ । कुराकानी सोधखोज अनुभव लिने जस्ता विधिहरु सिकाईका लागि प्रयोग गरिन्छ । विद्यार्थीहरुलाई सिकाइमा बढी सक्रिय राखिन्छ र हरेक सिकाईमा विद्यार्थीहरु आफ्नो किसिमको अर्थ लगाउन सक्ने बुझाई बनाउन सक्षम हुन्छन् । सामाजिक अन्तरक्रिया र विभिन्न किसिमका सञ्चारका विधिहरुलाई शिक्षक विद्यार्थी एकै समय एकै ठाउँमा बसेर वा फरक ठाउँमा बसेर पनि सिक्ने कार्यलाई यसले ध्यान दिन्छ । शिक्षकहरु ज्ञानको खानीको रुपमा उपस्थित नभई सहयोगी सहजकर्ता र ज्ञान निर्माणको एक सहभागीका रुपमा प्रस्तुत हुन्छन् । शिक्षकको प्रत्यक्ष भूमिकालाई यहाँ न्युनीकरण गरिन्छ । सञ्जालवादीका लागि त विद्यार्थीहरुले सिकाइका लागि अरु साथीहरु र व्यक्तिहरुसँगको सम्वन्धलाई प्रधानता दिन्छ । ज्ञानको मूल स्रोत अन्य व्यक्तिहरुको अनुभव र विश्लेषण हो भन्ने मान्दछ । सिकाईका लागि सिकाईका स्रोतहरु परिवेश र अन्य व्यक्तिहरु प्रधान हुन् भन्ने मानिन्छ र विद्यार्थीहरुलाई यी स्रोतसँग सम्वन्ध राख्न सहयोग गरिन्छ । पक्का ज्ञान समूहमा मिलेर क्रिया प्रतिक्रिया टिप्पणी र साझा बुझाईबाट प्राप्त हुन्छ भन्ने मानिन्छ । त्यसैले शिक्षक–विद्यार्थीहरुबीचको प्रत्यक्ष संवादमात्र सिकाईको तरिका होइन बरु सबैका अनुभवहरुको संश्लेषण ज्ञान निर्माण र सिक्ने विधि हो भन्ने स्वीकार्छ । अहिलेको सुचना तथा सञ्चार प्रविधिको व्यापक प्रयोग इन्टरनेटमा उपलब्ध जानकारीहरु आफूले अनुभवबाट प्राप्त गरेका चिजहरुको संयुक्तिकरण यसको प्रमुख सिकाइ आधार हुन्छ । 

सञ्चार प्रविधिको उपयोग गरेर सिकाईको वातावरण बनाउने नै शिक्षणको मूल आधार मानिन्छ । सिकाई समुदायको निर्माण नै शिक्षणको मुख्य आधार बनाइन्छ । प्रश्न गर्ने सोधखोज गर्ने प्राज्ञिक रुपमा प्रश्न उठाउने, संज्ञानमा असन्तुलन पैदा गरी सन्तुलनका लागि खोजी गर्न अभिप्रेरित गर्ने कार्य शिक्षणका क्रममा गरिन्छ । शिक्षणको अर्थ यहाँ शिक्षक विद्यार्थी एकै ठाउँ र एकै समय उपस्थित भई गरिने वार्तालाप वा अन्य कार्य मात्र भन्ने होइन । समग्र सिकाईको प्रक्रियाको संयोजन र सहकार्य गर्ने काम नै शिक्षण हो । 

शिक्षणलाई नयाँ प्रविधिको उपयोग गर्ने क्रममा विकास गर्दा वा हुँदा पुरानोलाई पूर्ण रुपले निषेध वा प्रतिस्थापन गर्ने भन्ने अर्थमा लिइनु हुन्न । पहिलेको शिक्षण विधिमा गरिने उच्च सुधारको रुपमा लिनुपर्छ । खुला तथा दूर सिकाई वा शिक्षाको डिजाइनर बन्दा माथि उल्लेख गरिएका सबै विधिहरुको उचित प्रयोग परिवेश अनुरुप ल्याउनु पर्छ । सिद्धान्तवादीहरुले मात्र कुनै एक ढाँचाको प्रयोगबाट त्यो ढाँचालाई थप परिस्कृत गर्नेगरी काम गर्छन् तर शिक्षकले त व्यावहारिक ढंगले सबैको उपयोगमा ल्याउनु पर्छ जसले गर्दा परिवेश अनुरुपका विद्यार्थीहरु लाभान्वित हुन्छन् । तर मुख्य कुरो दूर सिकाईमा शिक्षक विद्यार्थी एकै समय र ठाउँमा नहुने हुँदा उनीहरुको भूमिका सिकाई व्यवस्थापन गर्दा प्रष्ट हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा खुला तथा दूर शिक्षा त्यसमा पनि उच्च शिक्षाको सवालमा एकदमै नयाँ अवधारणा हो र यसका बारेमा हामी परम्परागत प्रणालीबाट शिक्षित भएकाहरुमा त्यति धेरै ज्ञान छैन । शिक्षक–विद्यार्थीको भूमिका, सिक्ने विषयवस्तुहरुको संगठन, सिकाउने तरिका नै फरक गर्नुपर्ने हुन्छ दूर सिकाईमा । तर हामी परम्परागत प्रणालीमा हुर्केकाहरुले नयाँपनको बुझाइका साथ सिकाई ब्यवस्थापन गर्न नसकिने हुन्छ र आफ्नो परम्परागत विश्वासलाई नै अगाडि राखेर शैक्षिक सामग्रीहरु र सिकाईका सामग्रीहरु प्रयोग गर्ने मनस्थितिमा पुगिन्छ । यसो गर्दा संज्ञानवादी, व्यवहारवादी शिक्षणको मोडेलबाट निर्देशित भएर सबै सामग्रीहरु बन्न जान सक्छन् । तसर्थ खुला शिक्षा र दूर सिकाईमा काम गरिरहेका विज्ञहरुसँगको सहकार्य, तालिमजस्ता कार्यहरु जनशक्ति निर्माणका लागि अति आवश्यक हुन्छ । पाठ्यक्रम र पाठ्यसामग्री निर्माण गर्नुपूर्व संलग्न हुने विज्ञ, शिक्षक, प्राध्यापकहरुलाई खुला शिक्षा र दूर सिकाईको बारेमा र यसमा प्रयोग भएका गरिएका सिकाई ब्यवस्थापनका अनुभवहरु प्रदान गरिनु जरुरी हुन्छ ।

खुला तथा दूर शिक्षाको पाठ्यक्रम ः विकल्प र चुनौती

एक्काइसौं शताव्दीमा शिक्षकको प्रवचनको आधारमा ज्ञान प्राप्त गर्ने कुराको मूल्य र मान्यता क्रमशः कम हुँदै जाने कुरा प्रविधिमा आएको विकास र प्रयोग, इन्टरनेटबाट उपलब्ध हुनसक्ने अथाह ज्ञान भण्डारले संकेत गरेको छ । ज्ञान र सिकाईको अलगिकरण जुन अहिले छ र ज्ञान प्राप्त गर्न सिकाइका चरण र विधिहरु निर्दिष्ट क्रममा जानुपर्छ भन्ने मान्यतामा नै प्रश्न उठ्न थालिसकेको छ । सिक्ने के हो र सिकाउने कसले हो ? के का लागि सिक्ने हो भन्ने विषय नै परिभाषित गर्नुपर्ने अवस्था छ । चाहिने एक चिज सिकाउने अर्कै चिज गर्दा त सिकाईको सान्दर्भिकता नै रहँदैन । सिकेको ज्ञान जीवनमा प्रयोगमा नै नआउने भयो भने शिक्षा र रोजगारीको सम्बन्ध नै कायम हुँदैन । त्यसैले खुला तथा दूर शिक्षाको लागि पाठ्यक्रम निर्माण गर्दा यी पक्षहरुलाई ध्यानमा दिनु अनिवार्य हुन्छ । अहिलेको सिकाई दैनिक जीवन जिउन, मानव संसारका समस्या बुझ्न र समाधान खोज्न सह–अस्तित्व र सहजीवन, शान्तिपूर्ण समाज निर्माणतर्फ केन्द्रित हुनुपर्ने छ । जुनसुकै विषयको अध्ययन गरेपनि यी मुलभूत पक्षहरु सबैमा उपयुक्त ढंगले समावेश हुन जरुरी छ । ज्ञानको प्राप्तिमा अहिले भएको सूचना तथा सञ्चारको प्रविधिको विकास र मूलत शिक्षामा यसको अन्वेषणले विगतमा भन्दा मानिसहरुलाई ज्ञान प्राप्त गर्न निकै सजिलो भएको छ । अहिले हरेक व्यक्तिले आफैले ज्ञान निर्माण गर्ने, संप्रेषण गर्ने, भण्डारण गर्ने र आवश्यक पर्दा लिन सक्ने र सँधै आफ्नै पहँुचमा राख्न सक्ने अवस्था छ । विद्यार्थीहरु र शिक्षकबीच र अन्य विज्ञ समूह वा व्यक्तिबीचको अन्तक्र्रिया गर्न त्यत्तिकै सजिलो पनि छ र यी सबैबीचमा सिकाई सञ्जाल निर्माण गर्न पनि सकिन्छ । यो सन्दर्भमा उच्च शिक्षाको भूमिका मात्र संचित ज्ञानको सञ्चार र स्थानान्तरणले पुग्दैन र युगिन आवश्यकताको सम्बोधन गर्नुपर्छ । उच्चस्तरको ज्ञान र चिन्तन अबको उच्च शिक्षाले दिनुपर्छ । 

विद्यार्थीहरु मात्र श्रोता हुने, निष्क्रिय सिकारु बन्ने, बनिबनाऊ ज्ञानका पोका मात्र लिने नभई सक्रिय सिकारु बन्ने, आफै ज्ञान निर्माण गर्ने, उपलब्ध जानकारी तथा तथ्यांकहरुको उपयुक्त छनोट, विश्लेषण र संश्लेषण गर्ने सीप र सक्षमता अब चाहिन्छ । तसर्थ पाठ्यक्रम निर्माण गर्दा विषयवस्तु, शिक्षक र विद्यार्थीको भूमिका प्रष्ट देखिने गरी विस्तृत पाठ्यक्रम खुला तथा दूर शिक्षाका लागि आवश्यक हुन्छ । सिक्ने विषयवस्तुको सूचिकृत रुप र सिकाउने तरिका मात्र उल्लेख गरेको परम्परागत पाठ्यक्रमले यसमा काम गर्दैन । अर्को कुरा पाठ्यक्रममा लचकता आवश्यक हुन्छ । लक्षित विद्यार्थीहरुको समुह नै फरक भएकोले यसमा काम गरिरहेका विद्यार्थीहरुले आफ्नै कामको आधारबाट ज्ञान सीप र सक्षमतामा विशिष्ठता हाँसिल गर्न पाउने गरी पाठ्यक्रमको संरचना बनिनुपर्छ । सँधै नियमित अध्ययनमा समावेश हुन नसक्ने हुँदा सक्दाको समयमा धेरै गर्न पाउने र नसक्दा थोरै गरेरै भएपनि तोकिएको अवधिमा प्रमाणपत्र लिन सक्ने गरी पाठ्यक्रमको संरचना गरिनुपर्छ । हाम्रै जीवनको अनुभवलाई हेर्ने हो भने पनि करिव २८ प्रतिशत समय औपचारिक शिक्षाबाट लिएका हुन्छौ र बाँकी त अनौपचारिक तरिकाले सिकेका ज्ञान र सीपबाट नै काम गरिरहेका छौ । यदि यसो हो भने त खुला तथा दूर शिक्षाको पाठ्यक्रम निर्माण गर्दा हामीले यी अनुभवहरुको प्रयोगलाई ध्यान दिनुपर्छ ।  कतिपय मानिसहरु लामो समयदेखि कुनै एक पेशा व्यवसायमा लागेर त्यसैमा विशेष दक्षता हाँसिल गरेका हुन्छन् तर तिनीहरुसँग औपचारिक योग्यता छैन । पाठ्यक्रम निर्माण गर्दा यस्ता किसिमका कोर्सहरुको लागि पनि ध्यान दिनुपर्छ र विशेष ध्यान दिनुपर्छ । परम्परागत पाठ्यक्रम र परम्परागत विश्वविद्यालयहरुले यस किसिमको पाठ्यक्रम र कार्यक्रम सामावेश गरेको हुँदैन ।

पाठ्यक्रम निर्माणमा मोडुलमा आधारित पाठ्यक्रम निर्माण गर्ने एउटा पद्दति छ जस अनुसार विद्यार्थीहरुले दिइएको मोडुल पूरा गर्ने र क्रेडिट जम्मा गर्ने र क्रेडिट स्थानान्तरण गर्ने गरिन्छ । खुला तथा दूर शिक्षाका पाठ्यक्रम मोडुलर किसिमको हुनु उपयुक्त हुन्छ । यस किसिमको पाठ्यक्रमले कुनै डिग्री पूरा गर्न आवश्यकता र अवस्था अनुसार क्रमशः मोडुलहरु पूरा गर्ने र क्रैडिट पूरा गरी तोकिएको समयअवधिमा डिग्री पूरा गर्ने लचकता विद्यार्थीहरुलाई प्राप्त हुन्छ । अर्को कुरा यस प्रणाली अध्ययन गर्नेहरु कुनै न कुनै किसिमले रोजगारी लिएका हुन्छन् र मोडुलहरुको संगठन गर्दा केही मोडुल पूरा गर्दा कुनै विशेष दक्षता प्राप्त गरेको पेशागत सर्टिफिकेसन गर्न सकिने गरी बनाइदिनु पर्छ जसले गर्दा उनीहरुको काममा र उनीहरुले प्राप्त गर्ने तलवमा वृद्धि हुने वा काम पाउन पनि सजिलो हुन्छ । यति हुँदाहुँदै पनि कुनै एक निश्चित अवधि तोकिदिनु पर्छ र उनीहरुले सो अवधिमा तोकिएको क्रेडिट पूरा गरेपछि डिग्री प्राप्त गर्न सकुन् । 

क्रेडिटमा आधारित पाठ्यक्रम प्रणाली 

 खुला विश्वविद्यालयका लागि एक उपयुक्त पाठ्यक्रम प्रणाली हुनसक्छ । यस अनुसार विभिन्न विषयमा विभिन्न किसिमका मोडुलहरु तयार पार्ने र विभिन्न डिग्री लिनका लागि तोकिएको क्रेडिट पूरा गर्न कुन–कुन मोडुलहरु पूरा गर्नुपर्ने हो सो परिभाषित गरिदिनुपर्छ । अर्को कुरा यदि खुला रुपमा उपलब्ध अन्य विश्वविद्यालयले उपलब्ध गराएका मोडुल वा कोर्सहरु आफ्नो डिग्रीका लागि उपयुक्त छन् भने तिनलाई पनि प्रयोगमा ल्याउन सकिने गरी पाठ्यक्रमको व्यवस्था गर्न पनि सकिन्छ । यसबाट खर्च कटौती पनि गर्न सकिन्छ र राम्रो कोर्स पनि बन्न सक्छ । यदि ती कोर्सहरुलाई आवश्यकता अनुसार मिलाउन पाइने कानुनी अधिकार प्राप्त छ भने त्यो कार्य गर्दा कोर्स अझ बढी आफ्नो अनुकूलको बन्छ । यसरी मोडुलहरु बनाउन वा अन्य कुनै शैक्षिक कार्यक्रम बनाउन पर्दा पनि यिनै मोडुलहरुको संयोजन गरेर बनाउन सकिन्छ र यसले पनि खर्च किफायत गर्छ । तसर्थ पाठ्यक्रमको नीति नै सर्वप्रथम निर्धारण हुनु जरुरी हुन्छ र यही नीतिगत ढाँचामा बसेर पाठ्यक्रमहरु निर्माण गर्न सजिलो हुन्छ । कोर्सहरु दिँदा मूल विषय र सहायक विषय गरेर वा दुई विषय क्षेत्रमा विशिष्ठिकरण गर्ने गरी पनि दिन सकिन्छ । कस्तो जनशक्ति निर्माण गर्न खोजिएको हो र बजारको आवश्यकता के हो त्यसको आधारमा कुन किसिमको विषय संगठन गर्ने निर्धारण गर्नुपर्छ ।

नेपाल खुला विश्वविद्यालयको लागि पनि क्रेडिटमा आधारित मोडुलर पाठ्यक्रम नै उपयोगी हुन सक्छ ।  विभिन्न संकाय अन्तर्गतका विभागहरुले धेरै किसिमका कोर्सहरु निर्माण गर्ने र निश्चित विषयमा डिग्री लिन तिनीहरुमध्ये कुन मोडुल उपयुक्त हुन्छ तिनलाई समावेश गरी कोर्स निर्माण गर्दा आर्थिक र गुणस्तर दुवै किसिमले उपयुक्त हुन सक्छ । अहिलेको सन्दर्भमा उच्च शिक्षाको उद्देश्य कुनै विषय विधामा धुरन्धर विज्ञ निकाल्ने मात्र नभई बजारको आवश्यकता अनुसारका कामका क्षेत्रमा उपयुक्त हुने स्नातकहरु उत्पादन गर्नुपर्छ जसले गर्दा उनीहरुमा उद्यमशीलता र रोजगारीका अवसर बढ्न सक्छ । अबको अध्ययन मूलत सक्षमतामा आधारित हुनुपर्छ र पाठ्यक्रम पनि सक्षमतामा आधारित निर्माण गरिनुपर्छ । विद्यार्थीहरुका लागि कोर्स छान्ने प्रशस्त अवसर दिनुपर्छ र उनीहरुले प्राप्त गर्ने डिग्री पनि कामको संसारसँग जोडिएको डिग्री हुनु आवश्यक छ । त्यसैले व्यापक अध्ययन र अनुसन्धानमा आधारित भई राष्ट्रिय  र अन्तर्राष्ट्रिय श्रम बजारको आवश्यकतालाई सम्वोधन गर्नेगरी पाठ्यक्रम निर्माण गर्नुपर्छ । अहिलेको भूमण्डलीकृत विश्वमा मानिसहरु कामको लागि र अध्ययनका लागि विभिन्न देशमा जाने तथा विभिन्न देशका विद्यार्थी तथा शिक्षकहरु पनि अर्को देशको विश्वविद्यालयमा अध्ययन अध्यापनका लागि आउने जाने गर्ने हुँदा विश्वविद्यालय शिक्षा पनि भूमण्डलीकृत र अन्तर्राष्ट्रियकरण भैसकेको छ । तसर्थ पाठ्यक्रम यसै अनुरुपको निर्माण गर्नुपर्छ । आफूले जुन विषय विधा र जुन तरिकाले शिक्षा लिइयो त्यही मात्र राम्रो स्तरीय र गुणस्तरीय हुन्छ भन्ने मान्यताले पाठ्यक्रम र शैक्षिक कार्यक्रमलाई विविधिकरण गर्न सकिएन भने उच्च शिक्षा लिएका मानिसहरु बेरोजगार बन्ने सम्भावना बढी नै हुन्छ । तसर्थः पाठ्यक्रम निर्माण निकै सन्तुलित र सुझबुझपूर्ण तरिकाले निर्माण गर्नुपर्ने हुन्छ ।

खुला तथा दूर शिक्षाको मोडालिटी

नयाँ स्थापित नेपाल खुला विश्वविद्यलयले सबै किसिमका कार्यक्रमहरु खुला तथा दूर सिकाईका उच्चतम विधिहरुको प्रयोग गरी सञ्चालन गर्न पाउने आधिकारिकता यसको ऐनले प्रदान गरेको छ । यसले पेशागत, व्यावसायिक, प्राविधिक र प्राज्ञिक सबै प्रकारका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ, जसले गर्दा विभिन्न आवश्यकता भएका मानिसहरुले निरन्तर शिक्षाको रुपमा उच्च अध्ययनहरु गर्न पाउँछन् । यसले नागरिकहरुको आर्थिक उत्पादनशीलतामा पनि प्रभाव पार्न सक्छ । 

प्रश्न आउँछ विश्वविद्यालयले सञ्चालन गर्न शैक्षिक कार्यक्रममा कसले भर्ना हुन पाउने र कसले नपाउने ? यदि अन्य परम्परागत विश्वविद्यालयमा जस्तै भयो भने त आमशिक्षाको अवधारणा खलबलिन्छ र खुला विश्वविद्यालय आम किसान, मजदूर तथा सबैखाले सर्वसाधारणको लागि उच्च शिक्षाको पहुँच दिन स्थापना भएको भन्ने उद्देश्यमा नै प्रश्न आउँछ भन्ने चिन्तन एकातिर छ । त्यसैलै कार्यक्रमको प्रकृत्ति हेरी भर्नाको लागि चाहिने न्युनतम योग्यतालाई परिभाषित गरिनु उपयुक्त हुन्छ । खुला शिक्षाको अवधारणाले जुनसुकै विषय र जुनसुकै तहका ज्ञान भएको व्यक्तिले पनि उच्चशिक्षामा सामेल हुने र अध्ययन गर्ने अवसर पाउनुपर्छ भन्ने मान्यता राख्छ । तर सिकाई सिद्धान्तकै आधारमा भन्दा पनि निश्चित स्तरको पूर्वज्ञान नभई कुनै पनि विषयवस्तु सिक्न सकिँदैन । तसर्थ सबैलाई विश्वविद्यालयमा पढ्ने अवसर दिँदा पनि केही आधारभूत कोर्सहरु विश्वविद्यालयले नै सञ्चालन गरी ती कोर्सहरु पूरा गरेपछि मात्र निश्चित तह र विषयक्षेत्रको अध्ययनमा सामेल हुन पाउने गरी कार्यक्रमको मोडालिटी तय गर्दा सबैका लागि उच्च अध्ययनको अवसर खुला गर्न सम्भव हुन्छ र उत्पादित जनशक्तिमा गुणस्तर पनि सुनिश्चित गर्न सकिन्छ । 

विश्वविद्यालयले प्रदान गर्ने शिक्षाको मोडालिटी खुल्ला तथा दुर सिकाइमा आधारित हुने भएपछि उपयुक्त किसिमको सूचना तथा प्रविधिको पूर्वाधार विश्वविद्यालयसँग आफ्नै हुनुपर्छ । सामग्री उत्पादनदेखि सिकाइलाई अनलाइन सिकाइको रुपमा प्रदान गर्न एउटा अति आधुनिक आधारभूत केन्द्र जरुरी हुन्छ । विद्यार्थीहरुले इन्टरनेटका माध्ययमबाट कक्षा लिन सक्ने, छापा सामग्री पनि प्राप्त गर्न सक्ने, सीम र मेमेरी स्टिकमा पनि अध्ययन सामग्रीहरु लिन सकिने, जो जहाँ छ त्यही बसेर आफूसँग उपलब्ध भएको मोवाइल साधनको प्रयोग गरी अध्ययन गर्न सक्ने किसिमले प्रविधिको चयन र स्थापना जरुरी हुन्छ । यही प्रविधि सुहाउँदो किसिमले पाठ्यक्रम, अध्ययन सामग्रीहरुको निर्माण र व्यवस्थापन गर्नुपर्छ । विश्वविद्यालयको मूल लक्ष्य देशमा हुने प्रविधिको दैनिक जीवनको प्रयोगको सम्भावनालाई मध्यनजर गर्दै कार्यक्रमलाई विस्तारै पूर्ण अनलाइन बनाउने तर पनि सेमिनार कार्यशालाको आयोजना गरी कार्यक्रम अवधिमा विद्यार्थीहरु र शिक्षकहरुबीच प्रत्यक्ष भेटघाट र छलफल हुनसक्ने अवस्था पनि सिर्जना गर्नु आवश्यक हुन्छ । यसले मानवीय भावना पक्षलाई पनि राम्ररी सम्बोधन गर्न सकिन्छ । मूल्यांकनका लागि पनि आन्तरिक मूल्यांकन कोर्स पढाउनेले विशेष किसिमको पोर्टफोलियो तयार गरी गर्ने प्रणाली र अन्तिम परीक्षण बहुमूल्यांकन कर्ताको परीक्षणबाट मूल्यांकन गर्ने पद्दतिको व्यवस्था गर्नु जरुरी हुन्छ । यसले गर्दा गुणस्तरमा सम्झौता नहुने हुन्छ ।


खुला तथा दुर शिक्षामा भएका अनुसन्धानहरुले मूलत तीनवटा मुद्दाहरुलाई केन्द्रभागमा राखेको छ । निरन्तर विजुलीको ब्यवस्था नहुने, इन्टरनेट उच्च ब्याण्डविथ नहुने र शिक्षक र विद्यार्थीहरुमा न्यूनतम डिजिटल साक्षरता नहुने कारणले सूचना तथा प्रविधिको प्रयोगको उच्चतम प्रयोगबाट खुला तथा दूर शिक्षाको कार्यक्रम सञ्चालनमा कठिनाई देखिएको छ । यस अतिरिक्त शिक्षकमा कर्तव्यपरायणता र विद्यार्थीमा अध्ययनप्रतिको आकर्षण पनि त्यत्तिकै महत्वपूर्ण देखिएको छ । प्रविधिको प्रयोगमा कठिनाई हुनेका लागि पनि अन्य वैकल्पिक विधिहरुको प्रयोग गर्नुपर्ने हुन्छ । कम्प्युटर साक्षरता त अहिलेको शताब्दीको जुनसुकै पेसा व्यवसाय गर्नेका लागि पनि आवश्यक सक्षमता भएको सन्दर्भमा यो सीप सिक्न सबैका लागि अनिवार्य नै गर्नुपर्ने हुन्छ । अहिले मोवाइल सर्भरको पनि विकास भैसकेको छ । यस्ता सर्भरबाट पनि अनलाइन सिकाइका लागि योगदान गर्न सकिने अवस्था छ । सहयोग केन्द्रहरुमा र सहयोग विन्दुहरुमा यस्ता सर्भरको प्रयोग गरेर पनि विद्यार्थीका लागि सिकाईमा सहयोग गर्न सकिने अवस्था छ । सबैभन्दा देखिने कमजोरी सूचना तथा संचार प्रविधि प्रयोग गरी दूर सिकाईमा आधारित कार्यक्रम सञ्चालन गर्दा शिक्षकहरुले सामग्रीको सञ्चार विद्यार्थीहरुमा गर्ने तर अन्य आवश्यक अन्तक्र्रिया र सिकाई सहयोग नदिने नै हो । यसलाई राम्ररी निरीक्षण गर्नुपर्ने हुन्छ । 

आर्थिक लगानीको पक्ष पनि त्यत्तिकै महत्वपूर्ण छ । स्थापनाकालमा खुला तथा दूर शिक्षाका कार्यक्रमहरु मूलत विकासोन्मुख देशका लागि महंगो परेको देखिन्छ । शुरुमा पूर्वाधार विकासको खर्च बढी हुन्छ । त्यसैले राज्यको लगानी उल्लेख्य गर्नुपर्ने अवस्था हुन्छ । यो अर्को चुनौतीको विषय बन्छ । शुरुवात राम्रो तयारी र आवश्यक पूर्वाधार नभई गर्नु घातक हुन्छ । तसर्थ गुणस्तरीय शिक्षाका हरसम्भव प्रयास गरिनु आवश्यक छ । 

सारांश

नेपाल खुला विश्वविद्यालयको ऐन २०७३ को प्रस्तावनाले गुणस्तरीय उच्चशिक्षाको पहुँच आम जनतामा पु¥याउने र उनीहरुलाई रोजगारीका लागि तयार गर्ने तथा एउटा सक्रिय उत्पादनशिल योग्य नागरिक बनाउने आसय झल्काउँछ । नेपालको सन्दर्भमा सम्भव भएसम्मका उपलब्ध गर्न र गराउन सकिनेसम्मका सञ्चारका साधनहरुलाई प्रयोगमा ल्याउन सकिने गरी विश्वविद्यालयले आफ्नो पूर्वाधार व्यवस्था गरी शैक्षिक कार्यक्रमहरुको सञ्चालन गर्नुपर्ने हुन्छ । मानिसहरुले आफ्नो जीवनमा संलग्न भएर गरेका कामहरुको अनुभवबाट सिकेका ज्ञान, सीप र दक्षतालाई उपयुक्त किसिमका अन्य सैद्धान्तिक ज्ञानहरु प्रदान गरेर पूर्व सिकाईको मान्यता दिने र सर्टिफिकेशन गर्ने तथा विशुद्ध प्राज्ञिक, पेशागत, स्थापनाकालमा खुला तथा दूर शिक्षाका कार्यक्रमहरु मूलत विकासोन्मुख देशका लागि महंगो परेको देखिन्छ । 

पूर्वाधार विकासको खर्च बढि हुन्छ शुरुमा । त्यसैले राज्यको लगानी उल्लेख्य गर्नुपर्ने अवस्था हुन्छ । यो अर्को चुनौतीको विषय बन्छ । शुरुवात राम्रो तयारी र आवश्यक पूर्वाधार नभई गर्नु घातक हुन्छ । व्यावसायिक तथा प्राविधिक किसिमको कार्यक्रम सञ्चालन गरी आम नागरिकमा यसको पहँुच पु¥याई विभिन्न तहका सर्टिफिकेसनहरु गर्ने कार्य पनि गर्नेछ । यी कार्यक्रममा हुने गुणस्तरलाई विशेष ध्यान दिने र गुणस्तर नियन्त्रणका सम्पूर्ण किसिमका संरचना सिर्जना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नेगरी कार्यक्रमको व्यवस्थापन र सञ्चालन गर्नुपर्छ । सबैका लागि खुला तथा दूर शिक्षाका कार्यक्रमहरु उपलब्ध गराउन शिक्षाको मूल्य कम हुनुपर्छ र यसका लागि सार्वजनिक लगानीको मात्रा बढी गर्नु जरुरी छ ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive